गज़ल:भित्ताको पनि सुन्ने कान हुन्छ I
कृष्ण के श्रेष्ठ
भित्ताको पनि सुन्ने कान हुन्छ
हो, देश अनुशारकै उखान हुन्छ
ज्यान दिनेलाइ याँ जुत्ताको माला
कुकुर हरुको पो सम्मान हुन्छ
कुनै मुर्खले आस्वाशन दियो
नेपालमा नयाँ संबिधान हुन्छ
कस्लाई मुर्ख कस्लाई सज्जन भन्ने?
जबकी कालिदास विद्वान हुन्छ
बास्ने भालेको के काम र अब?
जब चित्कार संगै बिहान हुन्छ
मन्दिरमा भेटि जाऊ चढाउ
कलियुग् मै “कृष्ण” भगवान हुन्छ
