गज़ल:तिम्रो मेरो मिलन हुँदा ठोकिएको ठाउँमा गएँ I
तिम्रो मेरो मिलन हुँदा ठोकिएको ठाउँमा गएँ !
यादमा नजर एकै चोटी रोकिएको ठाउमा गएँ !!
दुनिया ले कुरा काट्दा जब मैले साथ छोडें
उसै दिनमा तिम्रो आँसु पोखिएको ठाउँमा गएँ !!
मिलनको सागर संगै किनार बन्न आत्तुर थिएँ
र पो तिम्ले भेट्छु भनि तोकिएको ठाउँमा गएँ !!
साएद तिमी टाडा भयौ फुल सम्झी काँडा भयौ
म त उही प्रेम लिला जोखिएको ठाउँमा गएँ !!
अजम्बरी नाता हाम्रो नटुटेको देख्न पाउँ
भन्दै मैले देउता संग ढोगिएको ठाउँमा गएँ !!
पूर्ण जी मुस्कान