गजल : जितमा छु या हारमा छु
जितमा छु या हारमा छु
खै के भनौं दोधारमा छु
किन खोज्छौ फूलहरुमा
म त धुलोको झारमा छु
आफ्नो भन्ने केही छैन
आज सम्म साभारमा छु
उता हराएको हल्ला चलेछ
याता म आफ्नै संसारमा छु
जो मर्छ उ कायर भन्छन्
त्यसैले बाँच्ने बिचारमा छु
कुमार बुढाथोकी "आयुष"