गज़ल : बिन्ती मेरो साथ कहिल्यै,छोड्छु नभन हैI
बिन्ती मेरो साथ कहिल्यै,छोड्छु नभन है|निश्छल हाम्रो नाता तिमी,तोड्छु नभन है|एउटै चाहा एउटै स्वप्न,हिँड्ने बाटो एउटै,दोबाटोमा पाइला अन्तै, मोड्छु नभन है|छानेको छु तिमीलाई नै,मैले जीवन साथी,कसम होला अन्तै नाता, जोड्छु नभन है|समर्पण छ मुटु मेरो प्रितको चिनो हरदम,कतै चित्त दुख्यो भने, फोड्छु नभन है|फुल्की यहाँ छर्छु 'सुवास',मात्र तिम्रो लागी,पराईको त्यो बँगैचा पो, गोड्छु नभन है|
सुवास संगम राई
लोखिम - ३ सोलु