यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कबिता : परदेश ! I


j
जीवित खड्का मगर 

आकाशमुनि उडिरहने
बादलजस्तो सपनाका फूलहरु टिप्न
हरदिन देशबाट नया जहाजहरु आइरहन्छन
र परदेशबाट पूराना जहाजहरु गईरहन्छन ..!
.
आखै नअघाउने विश्व सुन्दरी जस्तो यी परदेशहरुमा -
अग्लाअग्ला डाँडाहरु जसको वक्षस्थलजस्तो
अग्लाअग्ला टावरहरु पनि छन् ,
मोनालिसाको जस्तो मिठो जसको मुस्कानझैँ
ठाऊठाउमा स्वर्गलाई बिर्सने धर्तिका पार्कहरु पनि छन् ,
हावामा चिप्लेटी खेल्दै-रमाउने जसको
कालो कपालझैँ चिल्लाचिल्ला सडकभरि
उसकै फ्यानहरु जस्तो मोटरहरु ओहोरदोहोर गर्छन ,
अनि क्षितिजसम्म नदेखी तर हराइरहने
जसका लजालु आँखाहरुझैँ
हेर्दै-लुक्दै र्जिस्किरहने छालहरुका समुन्द्र पनि छन् 
आहा ! कति सुन्दर छ ! कति मनमोहक छ !!
बिकसित मुलुकका प्रदेशी शहरहरु
जसै आए प्रथम पटक म पनि यहाँ र यै अनुभूत गरे मैले ..!
.
मेरो अनुभूतिले मलाई तर
लामो समय सम्मोहनमा पारिरहन सकेन ,
जसरी , बेश्या आईमाईको मोहमा फसेका लक्का जवानहरु
कोठीबाट फर्किदा उसकै चिनो लिएर जीवनभर तड्पेजस्तो
यतिखेर म पनि यै प्रदेशमा
पानीबाट उफ्रेको माछा बगरमा तड्पेजस्तो भएको छु !
अथवा , ठाऊठाऊमा पोइला गईसकेकी आइमाईसंग
सधै उसको काख अनि सहबास खल्लो महसुस गर्ने श्रीमानझैँ
यी सुन्दर र मनोरम दृश्यहरुसंग म यसकारण पनि
त्यो भन्दा बर्ता खल्लो महसुस गर्दैछुकि -
खोई कहाँ छ यहाँ अस्तित्व हाम्रो ?
खोई कहाँ छ यहाँ श्रमको उचित मूल्य ?
केहि फरक छैन !  
दुईचार दलाल बाहेक कथा उस्तै हून सबैका
उफ् ! डी-फ्रीजमा सडेका ब्रोइलर-कहानीहरु ..!
.
सधै दुखले असार साउन आइरहने आँखाहरुमा
उडिरहने बादलका फूलहरु टिपेर
केवल एकमुठी ओभाना आँखाको लागि
खुशी किन्न आउने प्रदेशीहरु ..
यहाँ -
सडकसडकमा - सडक भएर कुल्चिएका छन्
होटलहोटलमा - होटलका थोत्रा भाडाझैँ फ्याकिएका छन्
बिल्डिंगबिल्डिंगमा - बिल्डिंगका फोहरझैँ राखिएका छन्
अनि कोठीको बेश्याझैँ नारीहरुको अस्मिता चारदिबारभित्र लुटिएका छन्
उफ् !
ए मेरा रिक्तताहरु  !
अब यो भन्दा बर्ता लेख्न सक्तिन म
क्षतबिच्छेद अनुहारहरु हेर्न सक्तिन म
भूकम्पले थर्थराएको घरझैँ
पीडाले मेरो कलम हल्लिएको छ
आशु बगेको बग्यै छ मेरो कलमलाई
तर तिमीहरु त कहिले नअघाउदो रहेछौ 
कमिसन खाऊ अझै म्यानपावर बढाउ
र यस्तै परदेशी-मुलुकहरुमा
खोक्रो बाँसझैँ नेपालीहरुको रिक्तताहरुलाई छर्दै जाऊ
अझै धेरै नया जहाजहरु पठाऊ .. !
धेरै नया जहाजहरु पठाऊ .. !!
जहाजहरु पठाऊ ..!!!
पठाऊ  ..!!!!

Posted by Unknown on 9:00 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कबिता : परदेश ! I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011