गज़ल---मेलापातकै संसारमा देखे
मेरी आमा मेलापातकै संसारमा देखे
बाबा फेरी छाक टार्ने हतारमा देखे
-
बुढ्यौलीले सतायोनि हजुरबाको चिन्ता
हजुरआमा जिन्दगीकै किनारमा देखे
-
जता हेरु खिचातानी चल्दै छ नि अचेल
गाउलेहरु आफ्ना आफ्नै बिचारमा देखे
-
अभाबले मलाई पनि पिरोलेकै थियो
म भन्दा नि माग्ने कोहि बजारमा देखे
-
कैले हुन्छ अधिकार सुरक्षित सबको ?
मान्छेहरु मानबकै व्यापारमा देखे
-
©
मरुभुमिको छातीबाट