"मैले आज कविता लेख्नै सकिनँ ।"
प्रचुर अभाव
कविता
कुनै समय
शब्दहरु छचल्किएर
भावहरुको बाढी चल्दा मनभित्र
उकुसमुकुस हुँदापनि
कलमको अभावमा-
अक्षरहरुको बिस्कुन फिजाउन
एक टुक्रो कागजको अभावमा-
कत्ति मेरा कविताहरु त्यसै हराएर गए;
कैयौँ हरफहरु त्यसै-त्यसै विलाएर गए तर-
आज फूर्सदमा छ मसँग एउटा कलम,
नजिकै छ एक टुक्रो कागज
तब त मैले आकाश हेरेँ; जून हेरेँ
म जस्तै छरपस्ट
बादलहरु हेरेँ, अनि
प्रयत्न गरेँ मैले-
जन्माउन एउटा कविता !
उमार्न एउटा सिर्जना !!
तर अफसोस् !!!
मेरो निर्जीव कलमले आज
कुनै शब्द ओकल्न सकेन ।
--
सम्झिएँ आदिकवि, महाकवि सम्झिएँ
मोतीराम, किट्स, शेली, वर्डस्वर्थ......
मलाई पत्यार लागेन-
कलमले कसरी कविता उमार्छ?
कलमले त खालि शुन्यता उमार्छ ,
यसले त केवल मौनता ओकल्छ,
किनकि-
आज मेरो कलम चूपचाप छ ।
तैपनि,
एउटा कविताको खोजीमा,
सुनसान अनि उजाड बगरहरुमा पुगेँ;
सेताम्मे फूलेका काँसघारीभित्र पसेँ,
रविका किरणहरुले नछोएका
विकट ठाँउहरुमा पुगेँ,
तर विडम्वना!!
कविता मदेखि पर-पर हुँदै गयो ।
ऊ झनझन् टाढिँदै गयो
अनि त मैले बल्ल बुझेँ-
लेख्न थाल्दा कविता
नथालिँदो रहेछ,
बनाउन खोज्दा सिर्जना नबन्दो रहेछ,
अनि त म फर्किएँ
रित्तो मन लिएर कागजको पानोझैँ,
किनकि-
मैले आज कविता लेख्नै सकिनँ !!
- - -
abhaav_999@yahoo.com
कविता
कुनै समय
शब्दहरु छचल्किएर
भावहरुको बाढी चल्दा मनभित्र
उकुसमुकुस हुँदापनि
कलमको अभावमा-
अक्षरहरुको बिस्कुन फिजाउन
एक टुक्रो कागजको अभावमा-
कत्ति मेरा कविताहरु त्यसै हराएर गए;
कैयौँ हरफहरु त्यसै-त्यसै विलाएर गए तर-
आज फूर्सदमा छ मसँग एउटा कलम,
नजिकै छ एक टुक्रो कागज
तब त मैले आकाश हेरेँ; जून हेरेँ
म जस्तै छरपस्ट
बादलहरु हेरेँ, अनि
प्रयत्न गरेँ मैले-
जन्माउन एउटा कविता !
उमार्न एउटा सिर्जना !!
तर अफसोस् !!!
मेरो निर्जीव कलमले आज
कुनै शब्द ओकल्न सकेन ।
--
सम्झिएँ आदिकवि, महाकवि सम्झिएँ
मोतीराम, किट्स, शेली, वर्डस्वर्थ......
मलाई पत्यार लागेन-
कलमले कसरी कविता उमार्छ?
कलमले त खालि शुन्यता उमार्छ ,
यसले त केवल मौनता ओकल्छ,
किनकि-
आज मेरो कलम चूपचाप छ ।
तैपनि,
एउटा कविताको खोजीमा,
सुनसान अनि उजाड बगरहरुमा पुगेँ;
सेताम्मे फूलेका काँसघारीभित्र पसेँ,
रविका किरणहरुले नछोएका
विकट ठाँउहरुमा पुगेँ,
तर विडम्वना!!
कविता मदेखि पर-पर हुँदै गयो ।
ऊ झनझन् टाढिँदै गयो
अनि त मैले बल्ल बुझेँ-
लेख्न थाल्दा कविता
नथालिँदो रहेछ,
बनाउन खोज्दा सिर्जना नबन्दो रहेछ,
अनि त म फर्किएँ
रित्तो मन लिएर कागजको पानोझैँ,
किनकि-
मैले आज कविता लेख्नै सकिनँ !!
- - -
abhaav_999@yahoo.com