यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

कबिता:- नाता

जीरन जार राई "संकल्प थुलुङ"

अर्धनग्न छन्‌ दिलाशाहरु 
कामेच्छामा तल्लिन छन्‌ यौनांगहरु/ 
साधनारत छन्‌ नाठाहरु 
ज्वारभाटा झै उठेका प्यासी छालहरुलाई 
तृप्त पार्न र मेटाउन / 
पराकाष्ठाको उत्तरार्धमा 
तोडिए/चुटिए/फुटिए 
सबै शेशांष अस्तुहरु 
झड्‌याम्म झड्‌याम्म .............../ 

ति प्यासी कुकृत्य खेलहरु 
लुक्न सकेनन्‌ यथार्थ देखि 
झुमिए/थुनिए/पोखिए 
चारैतिर छताछुल्ल भएर 
सम्भोग क्रिडाहरुका धोकेबाज सम्मोहनहरु/ 
जुन समाजले पचाउदैनन् 
अनि मन मुटु कसैको रसाउदैनन्‌ 
चोखाउन/पखाल्न/मेटाउन 
लागेका घृणित धब्बाहरुलाई / 
त्यसैले स्वयमं बिवश बने परिबन्धहरु 
फुट्‌याउन नाताका चुराहरु अनि 
नयनबाट खसेका अश्रु थोपाहरुले 
आफै पखाले सिउदोका रंगहरु/ 

नाता भित्रका बक्ररेखाहरु 
काटिए/छाटिए/रेटिए 
अनि हराए फेरि अनन्त भित्र 
कहिले नमिल्ने गरी 
शुन्यता भित्र क्रमश: क्रमश: ............./ 

Posted by Unknown on 5:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कबिता:- नाता

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011