कबिता:- कृतिम गुलाफ र भ्यालेनटाइन........
स्काई नवीन
कृतिम गुलाफ मा रम्ने तिमी..
तिम्रो मन पनी |
मैले तिखा कांडा हरु को सामना गरेर,
रगताम्य हात बनाएर तिमी लाई दिएको गुलाफ
छि......! भन्यौ किन?
भन्दै थियौ यो गुलाफ को रस खै?
बासना कहां गयो ?
नाजवाफ मेरा ओठ हरु
र
मन मनै भने....
रस र वासना खोज्ने भए
बजारे गुलाफ खरीद
जसमा अत्तर मिलाई बासना को भरपुर मज्जा लेउ ।।
अझै पनी छ नील डाम हरु
जुन त्यो गुलाफ टिप्दा ती निर्दयी कांडा हरु ले घोचे का थिए
खै....?
मैखे दिएको गुलाफ कहा फाल्यौ?
तर..!
तिमी ले दिएको तिखा बचन हरु मुटु मा सजाएर राखेको छु
अब त म पनी कृतिम वासनादार
गुलाफ पाउने ठाउं मा आए को छु
हेर्दै छु यसमा रम्ने हरु को
तमासा..
र
भन्छु...
ए...कृतिम गुलाफ मा रम्ने हरु हो
एक पल्ट प्रकृतिक गुलाफ टिपी हेर
त्यस को मज्जा त्यती बेला थाहा हुन्छ
जती बेला साचिकै प्राकृतिक वासना र मन संग तिम्रो भेट हुने छ|
...त्यो गुलाफ लाई हेर त
एकनाश ले सदाबहार फूली रहेको
तिमी पनी यस्तै सदाबहार फूल्न सिक
एकनाश ले माया गर्न सिक
के कुर्द छौ प्रेम दिवश
यदी माया गर्ने हो भने गुलाफ जस्तै सदाबहार हुन सिक
अनी तिम्रा हरेक दिन प्रेम दिबश मा परीण हुने छन्..
( प्रेम दिवश को शुभकामना मेरो सम्पुर्ण साथी हरुलाई)