कबिता:- रिक्तता
सबी श्रेष्ठ
खोजिरहेछु म
समशान घाटहरुमा
एउटा जिँउदो
अनि सक्लो मानिस
जस्को छातीमा मुटु होस्
जस्को टाउकोमा मस्तिष्क होस्
भलै आँखा नहोस्
संसार देख्ने
कान नहोस्
आवाज सुन्ने
अंग नहोस्
हिँड्डुल गर्ने
फरक पर्दैन केही
किनकी आँखा देख्नेहरु
अन्धा छन् यहाँ
कान सुन्नेहरु
बहिरा छन्
अनि हातपाउ चल्नेहरु
अपाहिज र अपाङ्ग छन् यहाँ
आफ्नै गोजीमा
स्वर्ग लुकाएर
नर्क खोज्छन्
फगत कागजका फुल हुन्
ति समुह वाचक मान्छे
जसमा केवल खोक्रो शरीर छ
तर नैतिकता र स्वाभिमानको उधोगमा
मुटु अनि मस्तिष्क सहितको
जिँउदो मान्छेको रिक्तता छ
त्यसैले पूर्ति चाहन्छु
स्वाभिमानी र नैतिक
मन मस्तिष्कको
by:sabee shrestha
12/02/2012