भ्यालेन्टाइन डे को कविता
उमेश राइ
पात्र परिचय
युवा= श्रीमतीलाई इजरायल र कोरिया पठाई काठमाडौँ बस्ने पुरुष, या तपाई हामी मध्य कोहि ....
महिला एक=खान्दानी परिवारको छोरी,कलेज पढ्ने बिधार्थी हुन सक्छिन्
महिला दुई= उच्च पदस्थ कर्मचारी हाकिम, वा ठेकेदार ब्यापारीको हरुको श्रीमती हुँन सक्छिन्
महिला तीन= लाहुरे, अरब तीर जाने श्रमिक को पत्नी... हुन सक्छिन्
(क )
म धरहरा
ठिंग उभिएर
कसी लगाई रहेछु
मायाँ गर्छु भन्ने मान्छेको मन ......
हतार हतार ....
एक्सिलेटर दबाऊदै सुइकियो
एक आधुनिक युवा
पिक गर्न कसैलाई
कोटको खल्तीबाट निकाल्यो रातो गुलाब
र लाग्यो नगरकोटको उकालो
रोमान्चक मुस्कान संगै
रेस्टुरेन्टमा बजेको प्रेमील धुन
प्रेमील मुस्कान...
बाचा र कस्समको ओइरो ...
पर्दा खुल्दै गयो,
दुरी घट्दै गयो,
होटेलको पर्दा चाहिँ बन्द भयो
केहि छिन् पछि प्रफुल्ल मन लिएर
परेवा जोडी झरे ओरालो..
बाई भने आजलाई
(ख )
उहि अनुहार...
फोन रिसिभ गर्छ
सरी डार्लिंग ड्याड संग थे
रिसिभ गर्ने चान्स भएन
आई एम कमिंग
जस्ट मिनेट,
हुर्रिदै पुग्छ अनि रिप्ले हुन्छ गुलाबको फूल......
अनि लन्चको निम्ति छिर्छन्
गोप्य होटल
अनि लाग्छन्
महादेब र पार्वतीले
प्रेमील रंग भरेको मृगस्थली को जंगल..
हठात!
हातमा क्यामेरा बोकेका नगर प्रहरी हरु आउँछन्
र खिच्छन् तस्बिर... हरु..
क्लिक! क्लिक!!
र भन्छन्
"सार्बजनिक ठाउमा यस्तो गर्ने छुट छैन नेपालमा"
हतास... जोडीको बिब्हल बिलौना पछि
नसिहत स्वरुप जरिबाना तिरेर उम्कन्छन्
(ग)
साँझ
झिल्मिले बत्तिको रंगिन साजमा
मुटु थर्काउने म्युजिकको गर्जन
हातमा मदिराको प्याला
नाच्न तल्लिन जोडी हरु..
......अचम्म!
ति बिहान दिउसो को
जोडी देखादेख,,.
तर आ आफ्नै आफ्नै दिन समापनको जोडी संगै
मस्त...
चिने पनि नचिनेझै
म धरहरा ठिंग उभिएर
बिहान दिउसोको बाचा कसम
कता हराएछन् यिनी हरुले?
बिहान, दिउसोको कसम!???
म धरहरा ठिङ्ग उभिएर
कसी लाउँदा...
उत्तर
आजकल प्रेम रुघाखोकी जस्तो
तिन दिन पनि नलाग्ने.....
सिर्फ तिन घण्टा...... वा....
(धन्यबाद कुरा अझै सकिएको चाहिँ छैन है मित्र हरु)