गज़ल:-गुन्यु र चोलो बैंस है छोप्न फेरेकी कान्छीले!
रूप हराम बिश्वकर्मा
गुन्यु र चोलो बैंस है छोप्न फेरेकी कान्छीले!
पटुकी भित्र मायाको पोको बेरेकी कान्छीले!!
ओठैमा लाली नाकैमा फुली आँखैमा गाजलु,
हितैको माया कता छ भन्दै हेरेकी कान्छीले!
चुल्ठोमा रातो रिबन बाटी खाली छ सिंउदो,
सिंदुर छर्क भनेर चिठ्ठी केरेकी कान्छीले !
नजरै पापी दुनियाँ हेप्छ बचाउ मलाई,
ल्याएर जन्ती आँगनी माझ घेरेकी कान्छीले!!
११-०२-२०१२