गज़ल:-तस्वीर हेर्दै थिएँ नजर अन्तै सर्यो
आनन्द श्री श्रेष्ठ
तस्वीर हेर्दै थिएँ नजर अन्तै सर्यो
गाउँ छोड्या रातमा शहर अन्तै सर्यो
फड्को मारी कसले मृत्यु नाघ्न सक्ला !
मनमा तिम्रो नाम'थ्यो अधर अन्तै सर्यो
टिको थाप्न आएँ भाग्यले दिएन
म बाँच्या'छु भन्ने खबर अन्तै सर्यो
ज्यानै बाजी राखी तिम्रै लागि लडेँ
रगत मेरो बग्यो कदर अन्तै सर्यो
फर्कनुको छैन बिकल्पै शहरमा
खोला खेतमा पस्यो बगर अन्तै सर्यो ।