गजल:-संगै बाँच्ने मर्ने प्रेमी मिलोस्
सजना गुरुङ
हर कोहीलाई साँचो माया गर्ने प्रेमी मिलोस् !
जुनी जुनी सम्म संगै बाँच्ने मर्ने प्रेमी मिलोस् !
लुटी अस्मितानै नाता तोडी जाने नभएर
साथ निभाउन तिम्रो मांग भर्ने प्रेमी मिलोस् !
कैले जिन्दगीको कुनै मोड्मा छल नगरेरै
सारा अतीत् बाँडी तिम्रो मन हर्ने प्रेमी मिलोस् !
संगै यात्रा गर्दा कहीं गल्ति हुन पुगे पनि
तिमी झुक्दा माफी दिना अगी सर्ने प्रेमी मिलोस् !
त्याग समर्पण बाटै अर्थपूर्ण बन्छ माया
निशा भए तिम्रो मन्मा रश्मि छर्ने प्रेमी मिलोस् !