गज़ल:-खोजे अधर पिउन, रोजे हजूर ! जिउन
रमेश बिमान
खोजे अधर पिउन, रोजे हजूर ! जिउन...
तन बाधेर खिउन ? रोजे हजूर ! जिउन...
फाटे सरह हुन्छ है, हाम्रो मिलन नभए
मन मिलेर सिउन ? रोजे हजूर ! जिउन...
बडे मनका चाहना, थाले रहर सुरिन
चुस्की प्रेमको लिउन ? रोजे हजूर ! जिउन...
बिन्ती हजूर गरेर, गरे पुकार प्रेमले
दिब्य बनाइ दिउन ? रोजे हजूर ! जिउन...
प्रणय दिवसको शुभ कामना...!!!
2012.02.12