गज़ल:-हावा हुरी हुरिएको मनै पर्दैन
पिवन कन्दङ्वा लिम्बु
हावा हुरी हुरिएको मनै पर्दैन
पहाड गै थुरिएको मनै पर्दैन
घाम पानी बराबर मिले मात्र पो
बाद्ल आइ पुरिएको मनै पर्दैन
भातृत्व पो हुनु पर्छ भाई भाई मा
एक अर्को सुरिएको मनै पर्दैन
एक गाउ एक ठाउँ मिलि बस्नु नि
समुह भै धुरिएको मनै पर्दैन
पुरानो ति रिस राग राख्नु हुन्न है
बाटो छेकी कुरिएको मनै पर्दैन
आठराई- छातेढुंगा तेह्रथुम