यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-३४

तरही मुसायरा प्रेमी सम्पूर्ण अग्रज, समकालीन मित्र, नव सर्जक अनि पाठक ज्युहरुमा हार्दिक आभार व्यक्त गर्दछु कि यहाँहरुको साथले दिनदिनै तरही मुसायराले सफलताको सिंढी चढ्दै गएको छ ! यसमा सम्पूर्ण श्रेया तपाईहरुलाई नै जान्छ ! तपाईहरु नभए यो मुसायरा पनि अधुरो छ ! यहाँहरुलाई अवगतै छ निकट भविस्यमा नै अंक २५ सम्मको गजल समेटेर संग्रह प्रकाशन लक्ष्य नजिकिंदै छ ! जसले नेपाली गज़लमा एउटा नौलो इतिहास कायम गर्नेछ भन्ने बिश्वास लिएको छु ! साथै सो संग्रह बिमोचन समारोहमा प्रत्यक्ष तरही मुसायरा कार्यक्रम पनि सम्पन्न गर्ने योजना छ ! जसमा नेपालमा हुनु हुने मित्रहरु सम्मिलित हुन सक्नु हुनेछ ! करिब ५०० गज़ल रहने संग्रह शायद नेपाली गज़ल कै सबैभन्दा ठुलो र धेरै सर्जकको गज़ल समावेश भएको संग्रह पनि हुनेछ ! यस्तो इतिहासिक घडीमा यहाँहरु पनि सम्मिलित हुनु हुनेछ भन्ने आशा राखेकोछु ! संग्रह प्रकाशन गर्नु सजिलो काम भने हुँदै होइन .....बिदेशको बसाई समयको र आर्थिक अभाव आदिले केही अप्ठ्यारो परेको नै छ ! यदि यहाँहरु पनि म सँग कुनै तरिकाबाट हातेमालो गर्न चाहनु हुन्छ भने हार्दिक स्वागत छ !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

बुटवल,रुपन्देहीका स्थाई निवासी अतृप्त कमल हाल दोहा कतारमा रोजगारीको सिलसिलामा हुनु हुन्छ ! खाडीको तातो घाममा पसिना पुछ्दै आफ्नो सम्पूर्ण दुख सुखलाई साहित्यमा उतार्ने जमात मध्यमा उहाँ अग्र स्थानमा हुनु हुन्छ ! बिषेशत उहाँ गज़ल,गीत आदी बिषयमा कलम चलाउँनु हुन्छ ! नबोदित साहित्यिक मोबाईल पुस्तकालय एबम् अन्तरास्ट्रिय साहित्य समाज कतार-मा आबद्ध रहनु भएका उनै प्रतिभाशाली सर्जकको गज़लको यो मिसरा-ए-सानी  'मनै छ पापी मुखले दैब भाक्ने पो किन हो' लाइ 'घायलको तरही मुसायरा-३४' मा तरहको रुपमा दिएको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०९ फेब्रुअरी २०१२ रातको १२:०० बजे (टाइम जोन +४ अनुसार)

गजल: अतृप्त कमल
मिसरा: मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?
काफिया: भाक्ने पो
रदिफ: किन हो
लय: मनै छ/ पापी/ मुखले/ दैब// भाक्ने पो /किन हो?
लय:- ३+२+३+२+३+३=१६   
आँखामा माया मुटुमा घृणा राख्ने पो किन हो?
मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?

हान्देऊ बरु छातिमा गोली हाँस्दै म सहुँला

अगाडी ठिक्क पछाडी मुड्की ताक्ने पो किन हो?

गन्तब्य चुम्ने यात्री हुँ भन्थ्यौ गफै नै रहेछ

जित्नु नै पर्थ्यो बैंशको जुवा थाक्ने पो किन हो?

खुल्लम खुल्ला बोलाए हुन्छ माया छ भने त

आँखाको तालले ईशारा गर्दै डाक्ने पो किन हो?

औँशीको रातमा त्यो रुप हेर्दा जून नै बिर्सन्छु

आउँदा सामू जुनेली रुप ढाक्ने पो किन हो?

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

वेब साइटको लागि तल क्लिक गर्नु होला

Posted by Unknown on 12:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

21 comments for घायलको तरही मुसायरा-३४

  1. Kalpana Awasthi
    रोजेको माया देखेर मात्रै डाक्ने पो किन हो?
    खोजेको माया लिएर आफै भाग्ने पो किन हो?

    घरको याद आउँदैन होला पाएर उनैलाई.
    आमाको साथ छोडेर फेरी माँग्ने पो किन हो?

    जन्माई ठुलो पारेर आज रुबायो बेस्सरी.
    मनै छ पापी मुखल दैब भाक्ने पो किन हो?

    पराई संग जोडिदा नाता छुटायो आफ्नालाई.
    तस्बीर फेरी सजाई त्यसै राख्ने पो किन हो?

    कल्पना आफै जान्दिन केही गर्दिन गुनासो.
    सुखमै बस बिर्सेर मलाई ताक्ने पो किन हो?
    February 3 at 1:13am · Unlike · 11.

  2. Nirmala Khadka
    मिसरा: मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?
    काफिया: भाक्ने पो
    रदिफ: किन हो
    लय: मनै छ/ पापी/ मुखले/ दैब// भाक्ने पो /किन हो?
    लय:- ३+२+३+२+३+३=१६

    गज़ल

    तोडेको नाता, इशारा गर्दै डाक्ने पो किन हो ?
    साइनो गाँस्न, मै तिर फेरी ताक्ने पो किन हो ? (१ )

    बेचेकै थियौ सम्बन्ध हाम्रो ,रूपको लोभमा
    कसम झुठो खाएर गल्ती ढाक्ने पो किन हो ? (२ )

    चाहना पुरा हुदा नी किन, आँखा छ भरिलो ?
    हिम्मत राख, प्रिया छ साथ, थाक्ने पो किन हो ? ( ३ )

    कठोर बनी कुल्चेर गयौ कलिलो मुना मै
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ? (४)

    छोडेको बस्ती फर्केर टेक्दा बल्झिन्छ अतीत
    सम्झदै नाउँ मुटुमा घाउँ राख्ने पो किन हो (५)

    निर्मला खड्का
    भैरहवा ( हाल इजराइल )
    समयले साथ नदिएको बेलामा लेखीहाले ...गज़लमा भएको त्रुटी र कमि कमजोरी हरुका लागि माफी चाहन्छु ..!!
    February 3 at 3:34am · Unlike · 13

  3. Prakashmani Khanal
    ‎*घायल तरही मुसायरा-34* मा मेरो प्रयास....
    **गजल**

    विश्वास छैन मायामा अब डाक्ने पो किन हो?
    जिन्दगी यसै सर्वस्व सुम्पी जाक्ने पो किन हो!?

    तिमीले आँसु नझार अब मायालु बनेर!
    मनै छ पापी मुखले दैव भाक्ने पो किन हो!?

    गोरेटो मेरो साँगुरो छैन जीवन अपार!
    जिन्दगी देखी हरेस खाइ थाक्ने पो किन हो!?

    सुनामी भेल लगाई दियौ तड्पाई जिन्दगी !
    आएर आज नाऊमा बसी हाक्ने पो किन हो!?

    तिमी त अन्तै मायामा परी जिन्दगी जलायौ!
    आगोको राप्मा म मणि आफु पाक्ने पो किन हो!?

    प्रकाशमणि खनाल
    ~~मणि~~
    गोल्धाप-4, झापा;
    February 3 at 6:40am · Unlike · 11

  4. लक्ष्मण 'मिलन' विष्ट
    सर्ब प्रथम आदरणिय सर्जक घायल सर प्रती हार्दिक आभार प्रकट गर्दछुँ ।
    आत्मिय गजल अनुरागी मनहरु लाई पनी बिशेष सम्झिन चाहान्छुँ । यो टुहुरो कलमले घायलको तरही मुसायरा चौतिस मा सामेल हुने आँट गरेको छ । हाम्रो यात्रा निरन्तर रहि रहोस् कामना..!

    गजल- अतृप्त कमल
    मिसरा- मनै छ/ पापी/ मुखले/ दैव /भाक्ने पो /किन हो..??
    काफिया- भाक्ने पो.!
    रदिफ- किन हो..?
    लय- 3+2+3+2+3+3=16

    ---गजल---

    जिन्दगी एक्लै निराश हुँदै हाक्ने पो किन हो..??
    यो मृत आत्मा खण्डहर् भित्र जाक्ने पो किन हो..??

    बग्दछ आँशु अनाहक् पिडा पोखेर सदैव..
    गुम्स्याई ब्याथा परेलि भित्रै ढाक्ने पो किन हो..??

    बाँच्नुको पनि औचित्य यहाँ देख्दिनँ कतै नि..
    निश्ठुरी काल् त्यो गुहार्दै अब डाक्ने पो किन हो..??

    जो थियो मेरो उसैले आज अल्पत्र छोडेसी..
    लोलाहित् नजर् निशाना उतै ताक्ने पो किन हो..??

    म यस्तै सोच्छुँ कल्पना गर्दा अँधेरी रातमा..
    मनै छ पापि मुखले दैव भाक्ने पो किन हो..??

    ====================

    लक्ष्मण 'मिलन' विष्ट
    कालिकास्थान अछा
    हाल- दृष्टि वाटिका साहित्य समाज, मुम्बई
    February 3 at 9:42am · Unlike · 13

  5. Bhakti Prasad Paudyal
    ‎.......गजल......

    नगरी कर्म सुतेरै वर माग्ने पो किन हो !
    आफ्नो छ काम अरुको मुख ताक्ने पो किन हो

    खुला छ आकाश फिँजारी पङ्ख उड्दछ स्वतन्त्र
    आउन्न चरी , त्यो जानिजानी डाक्ने पो किन हो !

    तीर्थ र ब्रत गरेर जान्न फोहोर मनको
    मनै छ पापी मुखले दैव भाक्ने पो किन हो !

    हामीले चुप लागेर बस्दा फैलिन्छ कुरीति
    उठ न युवा देखाऊ जोश थाक्ने पो किन हो !

    साथी हो साहस , मित्र छन् सबै , अगुवा बन न !
    कम्मर कसौँ अरुका पछि लाग्ने पो किन हो !
    February 3 at 11:59am · Unlike · 7

  6. नीरस मैनाली
    घायल तरही मुसायरा ३४ को लागि म यसरी प्रस्तुत भए राम्रो नराम्रो जस्तो भएपनि स्थान दिनुहुनेछ भन्ने आशा राखेको छु मैले दलबिर सरसँग । डार्फर, सुडान २०६८।१०।२० १०:२०

    काफिया– भाक्ने पो
    रदिफः– किन हो
    मिसरा–मन छ पापी मुखले दैव भाक्ने पो किन हो ?
    लयः– ३+२+३+२+३+३+१६

    कर्म त्यो आफू गरेर दैव भाक्ने पो किन हो ?
    बिषको बृक्ष रोपेर अमृत् ताक्ने पो किन हो ?

    धोका दिई जानु नै रैछ यो स्वार्थी संसार
    निष्ठूरी माया पराई भयौ डाक्ने पो किन हो ?

    सोचेको जस्तो जीवन हुन्न बुझे है यो कुरा
    सम्झेर रुँदै तस्बीर मेरो राख्ने पो किन हो ?

    लुटाको थियौ जवानी सबै पराई माझमा
    धोका नै पायौ जलेर अब पाक्ने पो किन हो ?

    छाडेर गयौ धनको पछि भुलेर नीरस
    फर्केर फेरी लाशमा कात्रो ढाक्ने पो किन हो?
    February 3 at 12:01pm · Unlike · 7

  7. जीतु खड्का गाउले
    सर्ब प्रथम त सम्पूर्ण अग्रज सर्जक र पाठक हरु मा यो गाउलेको तर्फ बाटो न्यानो अभीबादन टक्राउन चाहान्छु | बादलको संसार आकाश भए नि मायाको संसार मुटु नै हुन्छ सुन्दर अनुहार हाजर भेटिए नि मन पर्ने अनुहार मायाँकै हुन्छ
    गजल एक नारी र प्रक्रितीको सुन्दर्तालाई बर्णन गर्ने एक माध्यम हो रे मिठो त पार्न सकिन जस्तो जाने उस्तै टाँसी दिए मैले पनि ताली र गाली हजुरले जे जस्तो दिनु हुन्छ स्विकार्य छ मलाई तरही मुसायरा ३४ को लागि जस्तो जाने उस्तै पोस्ट गरे
    ---------
    गजल
    -------

    घरमा स्वास्नी हुदा नी ठिटी ताक्ने पो किन हो ?
    घरमा कोहि मनमा कोहि राख्ने पो किन हो ?

    भएर सुद्द गरे त हुन्थ्यो दैबको प्रथाना
    मनै छ पापि मुखले दैव भाक्ने पो किन हो?

    मनुस्य चोला गल्ती त होला नछोप त्यसरी
    गरेर गल्ती जानेर फेरी ढाक्ने पो किन हो ?

    हुँदैन थहा बसेको मायाँ जानिन्न आँफैले
    नभए मायाँ कुर्लेर फेरी डाक्ने चै किन हो ?

    जिन्दगी भरी दिन्छु है साथ भने थ्यौ तिमीले
    समाती हात दोबाटो पुग्दै थाक्ने चै किन हो ?

    जीतु खड्का (गाँउले)
    मोरङ उर्लाबारी
    हाल - अल साफि कम्पनी
    साउदी अरब
    February 3 at 12:45pm · Unlike · 8

  8. Purna Guvaju Muskan
    मैले मेरो उपस्थिती यसरी जनाएँ ।

    गजल *
    .
    दुखाई दिल फेरी त्यो साथ माग्ने पो किन हो ?
    टाढाकै मान्छे समिप ब्यर्थ डाक्ने पो किन हो ??
    .
    मनैको गाँठो बाँधेर आज साथैमा हुदानी ,
    लजाई तिमी घुम्टोले मुहार् ढाक्ने पो किन हो ??
    .
    हृदय भित्र सजाएँ मैले आफ्नै त्यो ठानेर ,
    तिम्ले त फेरी अर्कैको मन ताक्ने पो किन हो ??
    .
    नहुनु भयो अबत तिम्ले बिर्से भो अतित ,
    फेरी त्यो मनमा तस्बिर सजाई राख्ने पो किन हो ??
    .
    पारेर एक्लो जिन्दगी भरी छाडेर गएसी ,
    मनै छ पापी मुखले दैब भाग्ने पो किन हो ??

    .
    पूर्ण गुभाजु मूस्कान
    गोर्खा ३
    मसेर सपङ्गे
    February 3 at 1:03pm · Unlike · 6

  9. पुस्कर देव शर्मा
    ‎===गजल===
    मेरो पनि अर्को प्रयास घायलको तरही मुसायरा ३४ मा

    मिसरा: मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?
    काफिया: भाक्ने पो
    रदिफ: किन हो
    लय: मनै छ/ पापी/ मुखले/ दैब// भाक्ने पो /किन हो?
    लय:- ३+२+३+२+३+३=१६

    जिबन एक संघर्श सधैं थाक्ने पो किन हो ?
    पौरख गरी खाउन तिमी माग्ने पो किन हो ?

    झुठको खेती गरेर हिंड्ने मनुस्य समिप
    मद्घत गर्नु हजुर भनी डाक्ने पो किन हो ?

    विश्वाश राख आफुमा सदा चुम्नेछौ शिखर
    पाएसी जित अरुको मुख ताक्ने पो किन हो ?

    तानेर खुट्टा हे राम भन्दै हास्ने त्यो दुस्मन
    हटाउ तिम्रो नजर बाट राख्ने पो किन हो ?

    जप्दैछ माला लुट्नुछ स्वार्थ बिचरा यस्ताले
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?

    पुश्कर देव शर्मा (चापागाँइ)
    हाल यू ए इ (alain)
    February 3 at 2:02pm · Unlike · 10

  10. Dilip Rai
    घायलको मुसायारा 34 लाई मैले यसरि तयार पारे ।
    मलाई थाहा छ यो मेरो गजल नियम बिपरित पर्न जान्छ!
    किनकी गुरुले 3+2+3+2+3+3=15
    भनेर दिनु भा छ तर मैले गुन्दा 16
    हुन गएकोले मैले सो अनुसार लेख्ने निधो गरि जानि नजानि एसरी कोर्दैछु यदी गल्ति भए माफि दिनुहुनेछ भन्ने आसाका साथ यो तरही फलोस फूलोस भन्दै ।
    म यसरी आए ।
    मिसरा- मनै छ/ पापि/ मुखले /दैब/ भाक्ने पो/ किन हो/।
    काफिया _भाक्ने पो ।
    रदीफ_ किन हो ।
    3+2+3+2+3+3=16
    #####मेरो ######

    आउंदै/ छु म/ हजुर/ तिरै/ डाक्ने पो/ किन हो /
    पिरति /हाम्रो/ चोखो छ/ भने /ढाक्ने पो/ किन हो//

    मन यो/ मेरो/ तन यो/मेरो/ तिम्रो नै/ भएसी /
    सन्तुष्टी /मन/ छंदैछ /पराइ्/ ताक्ने पो/ किन हो//

    बाहिरी /रूप /खोलेर/ मुख /हंसाई/ हंसाई/
    मनै छ/ पापि/मुखले/दैब/भाक्ने पो/ किन हो//

    न चल्छ/ आधि/न बल्छ/आगो बैरीको/सामुने/
    कर्मैले /हार /खाँदैछ/ फुर्ति /हाँक्ने पो/ किन हो//

    बगेर/ जाला/ ठगेर/लला/भबिष्य/ आफनो/
    यो बेला/बैस/नगरी /एेसा/राख्ने पो/ किन हो //
    दिलिप राइ %
    भोजपुर %
    February 4 at 3:20am · Unlike · 8

  11. Nirmala Awasthi
    काफिया– भाक्ने पोरदिफः– किन हो मिसरा–मन छ पापी मुखले दैव भाक्ने पो किन हो ?लयः– ३+२+३+२+३+३+१६

    छ सय एक सांसद अब राख्ने पो किन हो !
    काम न काज दिएर भत्ता डाक्ने पो किन हो !

    नगरी काम पचाए भत्ता सांसद बनेर
    अझै नि लाज नमानी कुर्सी ताक्ने पो किन हो !

    न सके गर्न चाहना पुरा नेपाली जनको
    नसक्ने काम गर्दछौं भनी हाक्ने पो किन हो !

    मामाको धन फुपुको श्राध्द गरेर रमाए
    गरेको गल्ती होइन भनी ढाक्ने पो किन हो !

    ठगेर खाने ढाटेर बोल्ने कपटी बानी त्यो
    मन छ पापी मुखले दैव भाक्ने पो किन हो !
    February 4 at 4:48pm · Unlike · 6

  12. श्रेष्ठ बसु
    घायल तरही मुसायरा को ३४ सौं मा मेरो सानो प्रयास
    मिसरा:मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?
    काफिया:भाक्ने पो
    रदिफ:किन हो
    गजल
    पराई भयौ देउता संग माग्ने पो किन हो ?
    दिएर आँशु गएछौ तिमी डाक्ने पो किन हो ?

    प्रीतिको माला उनेर राखे चुडाई गएछौ
    निष्ठुरी लाई मनमा अब राख्ने पो किन हो ?

    बिर्सेर बस्छु अहिले बाटै किन पो संम्झिनु
    रोएर आँखा तिम्रो नै निम्ती थाक्ने पो किन हो ?

    नाटक गरी मायामा तिम्ले फसायौ बैगुणी
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ?

    पीडाले मेरो चर्कियो मुटु सहनै गाह्रो भो
    पापी को पछी ब्यर्थ नै फेरी लाग्ने पो किन हो ?
    February 4 at 5:12pm · Unlike · 11

  13. अतृप्त कमल तरही मुसायरामा मेरो गजलको सेरलाई मुसायराको निम्ति चयन गर्नुभएकोमा दलबीर सरमा हार्दिक धन्यबाद!!
    घायलको तरही मुसायराको उत्तरोत्तर प्रगतीको चाहना ब्यक्त गर्दछु।

    हामी सबैको समय फलदायी रहोस्
    February 4 at 6:35pm · Unlike · 3

  14. Sabitra Luitel
    नमस्कार सम्पूर्ण अग्रज तथा सर्जक हरुमा ..घायलको तरही मुसायरा ३४ मा मेरो सानो प्रायशः .....

    जिउदै म छु नमरी अरु ताक्ने पो किन हो ?
    हजुर मेरो भएसी पर राख्ने पो किन हो ?

    सक्दैनौ भने तिमीले अब पर्दैन अंगाल्न
    नसके पछी मायाँको गाडी हाक्ने पो किन हो?

    चिनेको छु है राम्ररी मैले कस्ता छौ भनेर
    छोड है साथ नसके हिन्न थाक्ने पो कि हो?

    नगर्ने कर्म गरेर छोड्यौ मानेनौ पछुतो
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ?

    नआउ छेउ रिसाको बेला म बोल्दै बोल्दिन
    फकाइ फेरी बोलन भन्दै डाक्ने पो किन हो ?

    साबित्रा लुइँटेल घिमिरे
    झापा |
    February 4 at 6:38pm · Unlike · 10

  15. Tika Khadka Rashtrapremi
    नमस्कार सम्पूर्ण अग्रज अनि मित्रहरुमा आज घायलको तरही मुसायरा ३४ को लागी मेरो मित्र तथा अग्रज (अतृप कलम )ज्यु को ए सानी मिसरा (मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ?) मा आधारित मेरो गजल ,
    लय > ३+२+३+२+३+३=१६

    मस्तिष्क भरि कुबिचार पाली राख्ने पो किन हो ?
    अमृत पाउदा बिखको स्वाद चाख्ने पि किन हो ?

    मुखले राम जपेर धर्म हुदैन ए साथी ,
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ?

    मायाँमा धोका दिएर जाने निस्ठुरी मोरीलाई ,
    देखेर कतै सुसेली हाली डाक्ने पो किन हो ?

    देशको मायाँ मुटुमा राखी बनौ न पौरखी ,
    बनाउन देश अरुको मुख ताक्ने पो किन हो ?

    जिन्दगी एउटा संघर्ष भन्ने राम्ररी बुझेर ,
    संघर्ष गरौ डटेर सधै थाक्ने पो किन हो ?

    सुभ पल कुसल मंगल रहोस तपाइहरुको |
    टिका खड्का (राष्ट्रप्रेमी)
    मधुल्ला >४
    मोरंग ,
    February 5 at 1:12am · Unlike · 7

  16. Jane Tamu
    घायल मुसायरा 34अनुसार हतार हतार सहभागी भएकोछु है ल .....
    मिसरा: मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?
    काफिया: भाक्ने पो
    रदिफ: किन हो
    लय: मनै छ/ पापी/ मुखले/ दैब// भाक्ने पो /किन हो?

    लय:- ३+२+३+२+३+३=१५

    पाप या पुण्य देख्दछ दौता ढाक्ने पो किन हो ?
    चलि नै रन्छ जिवन रथ हाक्ने पो किन हो?

    बाहिर ठिक्क पार्दछ मान्छे भित्र त बेठिक ,
    मनै छ पापी मुखले दैव भाक्ने पो किन हो?

    पाएसी छेऊ घचेट्ने मान्छे दल्दिने कुनामा,
    नहुदा साथ गुहार फेरी डाक्ने पो किन हो?

    छ भने मन अङ्खरा भरी पाईन्छ गङ्गाजल् ,
    प्रसाद माथी चन्दन पाथी राख्ने पो किन हो?

    पश्रिम गर गरीयो भने धर्तिमा मोति छ ,
    धर्ति मै बसी आकसे फल ताक्ने पो किन हो?

    जेन तमू(gyanendra) धादिङ नेपाल
    February 5 at 3:02am · Unlike · 3

  17. Laxman Bhantana Sireesh
    घायलको तरही मुशरय ३४ को लागि मेरो नजानिदो शैली

    मिसरा: मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?
    काफिया: भाक्ने पो
    रदिफ: किन हो
    लय: मनै छ/ पापी/ मुखले/ दैब// भाक्ने पो /किन हो?
    लय:- ३+२+३+२+३+३=१५

    आँशुले भित्रै रुझेका आँखा ढाक्ने पो किन हो ?
    जलेको मुटु बेचैनी आत्मा ताक्ने पो किन हो ?

    ठान्दैछुँ एक्लो मान्छेको माझ दुनियाँ हाँस्दैछ
    पिडाको भारी बोकेर जिबन् हाक्ने पो किन हो ?

    चुक्चुकी मान्दै फर्कियौ तिमी नटेकी सँघार
    नौटंकी गर्दै दहमा प्रिती जाक्ने पो किन हो ?

    लुटेर खुशी सुम्पियौ आज पराय हातमा
    निशाना बाँधी आँखैले फेरी डाक्ने पो किन हो ?

    भन्थ्यौ नि सधैं पुज्नेछु मैले देउता ठानेर
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ?

    लक्ष्मण भन्तना "शिरिष्"
    अश्राङ-४, गोरखा
    हाल्- अबुधाबी
    February 5 at 4:09pm · Unlike · 4

  18. Sajana Gurung
    घायलको तरही मुसायरा ३४ मा मेरो प्रयास
    बेहुली तिम्रै , नजिक अब , डाक्ने पो किन हो ?
    सुन्दरी छु म , घुम्टोले मुहार , ढाक्ने पो किन हो ?

    समझ भए , जिंदगी बाँच्न , हुनेछ सजिलो
    लालची बनि , अमिर लोग्ने , ताक्ने पो किन हो ?

    गर्नु छ धेरै , कठिन यात्रा , मिलेर दुवैले
    विजयी हुन , बढ्नुछ अगी , थाक्ने पो किन हो ?

    धैर्यता राखी , दुखमा पनि , निभाउ साथ यो
    आत्तिदै रिस्ले , पिडामा नाता , जाक्ने पो किन हो ?

    प्रेमनै धर्म , इमान कर्म , प्रेमनै नभए
    मनै छ पापी , मुखले दैव , भाक्ने पो किन हो ?

  19. Starhang Bantawa 'jalan'
    घायलको तरही मुसायरा ३४ को निम्ती सिकारुको कोसेकी ।

    गरेरै खानु अर्काको मुख ताक्ने पो किन हो ?
    सबैको माझ हावामा गफ हाक्ने पो किन हो ?

    जिन्दगी हाम्रो संघर्स अनी अनन्त यात्रा हो ।
    थालेर यात्रा बिचैमा फेरी थाक्ने पो किन हो ?

    अरुको तिमी कुभलो सोची बस्दछौ जहिल्यै ।
    मनै छ पापी मुखले दैब भाक्ने पो किन हो ?

    सत्यको जित अवश्य हुन्छ थाहाछ तिम्लाई ।
    गरेर गल्ती हाँसेर तिम्ले ढाक्ने पो किन हो ?

    निर्धक्क साथ तिमीले बोल्ने हक छ अहिले ।
    दिलमा कुरा थुपारी ब्यथै राख्ने पो किन हो ?

    झुत्रेजेठा
    हाल- यु ए ई
    6-Feb-2012
    Monday at 9:53am · Unlike · 4

  20. Ramesh Biman
    ‎************************************** सिमा'को जंगे पिलर्,तिम्ले फ्याक्ने पो किन हो ?
    तम्सेर अर्को देशको,भुमी ताक्ने पो किन हो ?

    कस्तो छ बैरी नजर्,केहि दिए झै गरेर
    मनै छ पापी मुखले,दैब भाक्ने पो किन हो ?

    तिम्रो र मेरो हरेक,मिल्छ भेष र भुषा'नि
    त्यै पनि मेरो सोरेर,लाज ढाक्ने पो किन हो ?

    श्रीपशु पती आराध्य,देब बिस्वका साझाहुन्
    तिम्रो नै शिर नेपाल,फुर्ती हाक्ने पो किन हो ?

    खोला र नाला ति सबै,बांध बांधेर जमायौं
    दुख दिएर अतिनै,जाइ लाग्ने पो किन हो ?
    .....मुसायराको सदा जय होस ll
    Yesterday at 1:44pm · Unlike · 4

  21. Asmi Gm
    घायलको तरही मुसायरा ३४ को लागि म सिकारुको पहिलो प्रयास

    मिसरा: मनै छ पापी मुखले दैब भाक्ने पो किन हो?

    काफिया: भाक्ने पो

    रदिफ: किन हो

    लय: मनै छ/ पापी/ मुखले/ दैब// भाक्ने पो /किन हो?

    लय:- ३+२+३+२+३+३=१६

    देशको माया मुटुमा राख्दा थाक्ने पो किन हो?
    नमरी स्वर्ग देखिन्न हेर झाँक्ने पो किन हो?

    भएन कोहि खोस्रिने माटो जन्मेको ठाउँमा
    बनेन देश भनेर यहाँ पाक्ने पो किन हो??

    देसमै फल्छ हिरा र मोति पसिना बगाए
    रगत पोख्न बिदेशी भुमि ताक्ने पो किन हो??

    आमाको छाती कुल्चेर आज इमान बेच्ने त्यो
    मनै छ पापी मुखले दैव भाक्ने पो किन हो??

    कस्को पो लाज छोपेको छ र? मागेको धोतीले
    जोडेर हात बिदेशी दाता डाक्ने पो किन हो??
    21 hours ago · Unlike · 5

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011