गज़ल:एउटा साथी खोज्दैछु म
टिका खड्का 'राष्ट्रप्रेमी'
दु:ख पर्दा साथ दिने एउटा साथी खोज्दैछु म ,
जंघार तर्दा हात दिने एउटा साथी खोज्दैछु म |
.
दुई मुटु एक धड्कन बनाएर सधैंभरि ,
पिरतीको खात दिने एउटा साथी खोज्दैछु म |
.
अँधेरीले छाए मेरो जिन्दगीको कुनै पाटो ,
चाँदनीको रात दिने एउटा साथी खोज्दैछु म |
.
फूलै फूल नभए नि काँडा काटी गन्तब्यका ,
हरियाली पात दिने एउटा साथी खोज्दैछु म |
.
हाँसो भरी जिन्दगीमा सयौँ जुनी जुनी सम्म ,
मधुर मिठो बात दिने एउटा साथी खोज्दैछु म |