म एक भरिया !
कबिता
जीवित खड्का
भिजेका परेलीभित्र
जहाँ छ मेरो आशुको दह
त्यहि एक छेउ -
दुखको पहाडजस्तो गुफाभित्र बसेको छु
रत प्रभातदेखि सधै सन्ध्या भएको छु ...!
++++++++
म एक भरिया !
त्यसैले बचाउनु छ मलाइ -
मेरो पारिवारिक पृष्ठभूमिलाई ..
अनि पराजित गर्नुपरेको छ -
आक्रमकारी विकरालछाया
अथवा प्रार्दुभाब पीडागत कोलाहलहरुलाई ...
चाहे , रविका रश्मिहरुको अतिक्रमणले
पसिनाको नदीसंग छाल बनेरनै किन नबगु म ?
चाहे , पुष-माघको हुस्सु र कुहिरोको झाडीभित्र अल्झिएर
आक्रान्तले असह्यभै कुहिरोसंगै किन नहराउ म ??
पर्यायबाचीनै भैसकेको मेरो जीवन
संचालित हुन्छ यसरी --
हातमा लौरी टेकेर
कम्मरमा नाम्लो भिरेर
तिनै भारीसंग मरिरहेको हुन्छ
जसले देखेर दूरबाट मलाइ
सधै स्वागत गरिरहेको हुन्छ ..!!
+++++++++
म एक भरिया !
जसलाई निद्राका भूतहरुले सताउदापनि
आलश्यले शारीरिक संचारमा विचलित ल्याउदापनि
आवाजहरुका राप अलाप्दै ,
हृदयको एककुनामा राख्न आतुर भएको
सधै अनूभुत हुन्छ - त्यहि भारीले ...
अत ; उक्त आवाजलाई शान्त पार्न
क्रियाशील तनलाई राहत प्रदान गर्न
वार्ता गर्न तत्पर हुन्छु म
तर उ मन्जुर हुदैन !
बदलामा प्रतिक्रियाहरुले --
भोको पेट र नाङ्गो शरीरहरुको प्रसङ्गमा
खडा गरिदिन्छन चेतावनीका पर्खालहरु .....
''................................
..................................!!''
जब भावनाभित्र बगेका तरंगहरु
क्षत-बिच्छेदभै पलायित हुन्छन
हठात यथार्थले विवेकमा झापड मार्दै
पुन ; भिजेका परेलीबाट आशुका मुहानहरु उम्रिन थाल्छन
र बेदनाको नदीभै बगिदिन्छन
अन्तत ; लाचार अस्थिपन्जर लिएर हिड्न पुग्छु
त्यहि भारीलाई पच्छाउन
जसले निकै माया गरिरहेको हुन्छ मलाइ ...!!
++++++++
म एक भरिया !
अभागी ....
दुखिया ....
त्यसैले छन् छातीभरि दुखका पहाडहरु -
जो कहिले भत्किन सक्दैनन ,
त्यसैले बगिरहन्छन आखाबाट वेदनाका नदीहरु -
जो कहिले सुक्न सक्दैनन ..
तरपनि अझ --
रित्तो पेट र झुत्रा शरीरहरुले
सधै आधारका पर्खाल र आशाको दियो बनेर
बलिरहन पुकारिरहेछन / पुकारिरहेछन .....!!
- रचना समय -- २०५९
[मेरो प्रकाशित कविता संग्रह - अनूभूतिका चर्चाहरुबाट साभार ]
जीवित खड्का
भिजेका परेलीभित्र
जहाँ छ मेरो आशुको दह
त्यहि एक छेउ -
दुखको पहाडजस्तो गुफाभित्र बसेको छु
रत प्रभातदेखि सधै सन्ध्या भएको छु ...!
++++++++
म एक भरिया !
त्यसैले बचाउनु छ मलाइ -
मेरो पारिवारिक पृष्ठभूमिलाई ..
अनि पराजित गर्नुपरेको छ -
आक्रमकारी विकरालछाया
अथवा प्रार्दुभाब पीडागत कोलाहलहरुलाई ...
चाहे , रविका रश्मिहरुको अतिक्रमणले
पसिनाको नदीसंग छाल बनेरनै किन नबगु म ?
चाहे , पुष-माघको हुस्सु र कुहिरोको झाडीभित्र अल्झिएर
आक्रान्तले असह्यभै कुहिरोसंगै किन नहराउ म ??
पर्यायबाचीनै भैसकेको मेरो जीवन
संचालित हुन्छ यसरी --
हातमा लौरी टेकेर
कम्मरमा नाम्लो भिरेर
तिनै भारीसंग मरिरहेको हुन्छ
जसले देखेर दूरबाट मलाइ
सधै स्वागत गरिरहेको हुन्छ ..!!
+++++++++
म एक भरिया !
जसलाई निद्राका भूतहरुले सताउदापनि
आलश्यले शारीरिक संचारमा विचलित ल्याउदापनि
आवाजहरुका राप अलाप्दै ,
हृदयको एककुनामा राख्न आतुर भएको
सधै अनूभुत हुन्छ - त्यहि भारीले ...
अत ; उक्त आवाजलाई शान्त पार्न
क्रियाशील तनलाई राहत प्रदान गर्न
वार्ता गर्न तत्पर हुन्छु म
तर उ मन्जुर हुदैन !
बदलामा प्रतिक्रियाहरुले --
भोको पेट र नाङ्गो शरीरहरुको प्रसङ्गमा
खडा गरिदिन्छन चेतावनीका पर्खालहरु .....
''................................
..................................!!''
जब भावनाभित्र बगेका तरंगहरु
क्षत-बिच्छेदभै पलायित हुन्छन
हठात यथार्थले विवेकमा झापड मार्दै
पुन ; भिजेका परेलीबाट आशुका मुहानहरु उम्रिन थाल्छन
र बेदनाको नदीभै बगिदिन्छन
अन्तत ; लाचार अस्थिपन्जर लिएर हिड्न पुग्छु
त्यहि भारीलाई पच्छाउन
जसले निकै माया गरिरहेको हुन्छ मलाइ ...!!
++++++++
म एक भरिया !
अभागी ....
दुखिया ....
त्यसैले छन् छातीभरि दुखका पहाडहरु -
जो कहिले भत्किन सक्दैनन ,
त्यसैले बगिरहन्छन आखाबाट वेदनाका नदीहरु -
जो कहिले सुक्न सक्दैनन ..
तरपनि अझ --
रित्तो पेट र झुत्रा शरीरहरुले
सधै आधारका पर्खाल र आशाको दियो बनेर
बलिरहन पुकारिरहेछन / पुकारिरहेछन .....!!
- रचना समय -- २०५९
[मेरो प्रकाशित कविता संग्रह - अनूभूतिका चर्चाहरुबाट साभार ]