कोही रातमा अल्झिएका छन्
कोही रातमा अल्झिएका छन्
कोही बातमा अल्झिएका छन्
प्रेम के हो .. . ? नजान्नेहरु
बैशको मातमा अल्झिएका छन्
लिनेले स्वार्थ लुटेर जाँदा
कोहि घातमा अल्झिएका छन्
दुनिया कहाँ पुगी सक्यो हेर
कोही भातमा अल्झिएका छन्
बिबेकले चल्ने जमाना हो तर
कोही लातमा अल्झिएका छन्
कस्तो असभ्य समाज हाम्रो
कोही जातमा अल्झिएका छन्
संकल्प चन्द ठकुरी (आँसु)
बाँके हाल (युएइ)