यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

मुक्तक जस्तै कुराकानी I


Bimala Adhikari Devkota 
  • दुख पिडा छल्दै जीवन धान्दै आएको छु 
    दैब सक्ति प्रति बिस्वास मान्दै आएको छु 
    कहिले रोदन कहिले खुसि जीवन चल्ने पाटो 
    संघर्स नै जिउंने आधार छान्दै आएको छु l
Kumar Shrestha ‎-
भुल्दै जानु आफन्तलाइ मान्नु देवी देउता
अब काम नलाग्ला नी यो मुटुको छेउ त
दुख सूख हुँदै गर्छ भगवानको लिला ठान्नु
अनी मिल्ला तिमीलाइइ जिउने
Bimala Adhikari Devkota 

कहाबाट आयौ तिमि झुल्के घाम सरि 
कहाँ कहाँ खोनीन मैले दिन भरि 
न छोडन मेरो साथ हेप्ने धेरै हुन्छन 
राख मलाई ओरिपरी नछेकिने गरि l

Kumar Shrestha 
आखा भरी मन भरी घुमी रा"छु हेर
म पनि त खोज्दा खोज्दै थकित भा'छु हेर
बल्ल तल्ल तिमीलाइ देखे यता तिर
त्यै भएर छेउ छाउ पर्न आ'छु हेर

Bimala Adhikari Devkota 
बिचै तिर आउन तिमि छेउमा पर्छौ किन 
बल्ल बल्ल भेट भयो सम्झना केहि लिन 
दया बाया जो आएनी देख्छु तिम्लाई मात्र 
तिम्लाई गर्ने माया अन्त कहाँ सक्छु र दिन 


Kumar Shrestha ‎-
बोलाएर हेर प्रिए जहाँ पनि आउछु
खोला नाला भिर पाखा जता पनि धाउछु
संसारमा तिमी बिना टुहुरो झै हुन्छु
तिमी सँगै हुँदा मात्र सारा खुसी पाउछु

Bimala Adhikari Devkota 
कुरा मिठो गरे सरि काम पनि गर 
दुख सुख गर्दै जान्छु पर्छु तिम्रै भर 
देखाऊनुछ दुनियालाई हाम्रो चोखो माया 
भरोसा र आँट गर्दै मात्र अघि सर 

Kumar Shrestha ‎-
भने पछी तिम्लाइ मैले माया गर्या छैन ?
तिमी माथी बिस्वास गरी भर पर्या छैन ?
तिम्रा हरक चाहा हरु आफ्नो ठानेकैछु
यही बाँकी छ तिम्रो लागी मैले मर्या छैन ।।

Bimala Adhikari Devkota 

धत्तेरिगा मर्ने कुरा कहाँ बाट आयो ?
अलिकति के सम्झाए भन्ने बाटो पायौ ?
मैले पनि गर्छु माया तिम्ले पनि गर्छौ
अनायासै मन दुख्यो दोस मलाई लायौ हेहे l

Kumar Shrestha ‎-
जस्लाइ दिँए मन मुटु उस्ले बिस्वास न गरेसी
मेरो बानी बोली चाली पनि मन नपरेसी
अनी कस्को लागी छ र मैले जोबन् साँच्नु
यो मनको बगैचामा तिम्ले सुबास नछरेसी

Bimala Adhikari Devkota 

माया गर्ने थिन भने किन आउथे खोज्दै 
हजारौ को भिड बाट तिम्रो साथ रोज्दै 
मैले दिने माया भित्र तिमि खुसि छैनौ भने 
येस्तई रैछ माया भन्ने बसौलानी सोज्दै l

Kumar Shrestha ‎-
तिमी बिना एकै पल नी सोच्न सक्दिन म
बस मेरो मुटु माझ खोज्न सक्दिन म
जुनी जुनी तिमी मेरी भइ सक्यौ हेर
कुनै जन्म अरु लाइ रोज्न सक्दिन म

Bimala Adhikari Devkota 
कति बिस्वास दिलाउ तिमीलाई अझ छैन भर ?
अब आखा चिम्लिएर लगन गाँठो पार
जस्तो मोड आइपरेनी लड्नु पर्छ मिलि 
आत्मा मिल्यो दुइ तिरको केनै बाँकी भोर l

  • Kumar Shrestha
 मैले भन्न खोजेको थेँ तिम्ले भनी दियौ ।
मेरी प्रिए आज सम्म भन कहाँ थियौ
कसो गरी तिम्रो साथ छाड्न सक्थे र म
मन फाट्दा आफ्नो ठानी फाटेको मन सियौ

Bimala Adhikari Devkota 
मुटु तिम्रो चल्दा खेरि मेरै धन्द्कन सुन्छौ 
यता धड्कन चल्दा मेरो मुटु भित्र हुन्छौ
अचम्मको हुने रैछ दुइ आत्माको मिलन 
खुसि हुदै यो मन ले के के कुरा बुन्छौ

सुमित्रा पौडेल 'आँचल' 
आह ! कति मिठो शैली अनि कति मिठो भाव
हुन्न होला यहाँ कहिल्यै शंब्दको नी अभाव
खुशी लाग्छ सँगसँगै सिर्जनामा रम्दा
भावनाको खोला रैछ छैन मेरो जवाफ !!

Kumar Shrestha ‎-
भगवानले तिमीलाइ मेरै लागी बनाको हो
आहा तिम्ले कती मिठो कुराहरु जनाको हो 
तिमीलाइ थाहा पनि छैन क्या हो मेरी सानू
प्रेम दिवस तिम्रो मेरो माया देखी मनाको हो

सुमित्रा पौडेल 'आँचल' ‎....
दुख्छ कि त दिल फेरी दुई जनाको बीचमा पस्दा 
आए भनी कुमार यता मिठो बोली चिल्लो घस्दा 
रुँदै हिड्लिन मेरी बैनी मायालुलाई खोसी भनी 
सोचे धेरै कुरा अब यो दिल दुख्यो उनलाई डस्दा ..

Bimala Adhikari Devkota
 दुइ जनाको मिलन यहाँ अपरम्पार 
हाम्रो मिलन देख्दा खेरि दैबले नि खाए हार 
दाजु भाइ दिदि बैनी जो जो आए पनि 
हाँसी हाँसी जित्छौ अब यो सुन्दर संसार

Kumar Shrestha ‎-
तिम्रो आँसु तिम्रो हाँसो मेरो भयो आज देखी
तिमीलाइ माया दिन्छु यो कलेजी माझ देखी
तिमी पनि दह्रो मुटु पारी माया गर्छु भन
डराउनु हुन्न अब आहारिसे समाज देखी

Posted by "कुमार यात्री" on 12:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मुक्तक जस्तै कुराकानी I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011