गाउँको विकास (लघु कथा )
लिला रिजाल
सुगमपुर गाउमा आज निकै चहल पहल छ केहीदिन अगाडि देखी नै पर्टीका कiर्यकर्ता हरुलाई मान्छे भेला गर्न भनेर खटाइेको थियो सके सम्म सहभगिता बढी जुटाउन भनेर ....प्रचार प्रसार गर्नु कम्ती कसरत गर्नु परेको थिएन । मेहनताको फल मिठो हुन्छ भन्छन नि जे होस् आज थुप्रै मान्छे भेला भएका देखिन्छन । मंच रङिचङी तुलले बेहुली सिँगारिएझै सजिएको छ् कार्यकर्ता निकै मख्ख देखिन्छन । सबैको पर्खाइ प्रमुख अतिथी कती खेर आउछन भनेर र्निकै उत्साहित देखिन्थे । हुन पनि किन नहोस् तेत्रो पैसा खर्च गरेर ल्याइएको थियो फेरी साहभागी लाई पनि त् एकदिन भए पनि काम बाट बल्ल निस्कन पाएको , फेरी १ दिनको भत्ता पनि , गाडी घर सम्मा पुर्याइ दिने , खान नि पाइने सर्तमा साचै दशै नै आएको थियो सहभागीका निम्ती त्यो दिन । एत्तिका बर्ष भूमिगत भएर बहिर निस्कनु भएको ठुलो विद्वान नेता लाई हेर्न पाइने अनि भाषण सुन्न पाइने ठुलो आसामा पर्खिरहेका देखिन्थे ।
निकै बेरको पर्खाइ पछी नभन्दै प्रमुख अतिथिको आगमन भयो फूल् माला अबिरले भब्य स्वागत पनि गरियो सहभागि हुन पाउदा कोही कोही त् अiफु लाइ निकै भाग्यमानी सम्झदै थिए । निर्धारित समय अनुसार समयमै कार्यक्रम संचालकले कार्यक्रम सुरु गरे सबैले आ आफ्नो बिचार राखे । गाउ बिकास समितिका तर्फ बाट पनि केन्द्र बाट आएका सबैले आ आफ्नो अनि आफ्नो पर्टिको तर्फ बाट बिचार राखे गाउँको बिकासका निम्ती कसरी लागि पर्ने भन्ने बिषयमा निकै ठुला ठुला भाषण भए छलफल भए । तत पस्चात अन्त्यमा उदघोसकले प्रमुख अतिथिलाई आफ्नो अनि आगामी पर्टीको कार्यनिती बारे प्रस्ट राखी कार्यक्रम को समापन समेत् गरिदिन हुन आग्रह गर्दै बिदा लिए । प्रमुख अतिथी को पालो आयो उनी यसरी कुरा राख्दै थिए ...."आदराणीय जनसमुदाiय हरु मैले भन्नु पर्ने सबै कुरा हरु पूर्व बक्ता साथी हरुले राखी हाल्नु भो बाँकी अब पछी आउने साथीहरुले राख्नु हुनेछ .......हवस त् म् यहाँहरुबाट बिदा हुन चाहन्छु ।।।।

