यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-३१

फेरी पनि ढिला भएकोछु तरही मुसायरा पोस्ट गर्न ! कारण मैले भन्दै आएको नै हो जागिरको व्यस्तता, माफी चाहन्छु ! दुख सुख जे जसरी भएपनि 'घायलको तरही मुसायरा-३१' यहाँहरु समक्षा ल्याई पुर्याएकोछु ! यसलाई सफलताको शिखरमा पुर्याउने वा नपुर्याउने तपाइहरु साहित्यप्रेमी कै हातमा छ ! धन्यवाद !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

स्याङ्जा अर्जुन चौपारी स्थाई घर भई, मरुभुमीको छाती बाट भन्न रुचाउने स्याङ्जाली रमेश हाल :अबुधाबी,संयुक्त अरब इमिरेट्समा रोजगारीको सिलसिलामा हुनु हुन्छ ! साँच्चै मरुभूमिको छातीमा तातो घामसँग जुध्दै साहित्य सिर्जना गर्नमा व्यस्त हुनु हुन्छ उहाँ ! बिषेशत: गज़ल बिधामा कलम चलाउँदै आउनु भएता पनि अन्य बिबिध बिधामा पनि कलम सकृय छ ! निकट भविस्यमा नै संयुक्त गज़ल संग्रह निकाल्ने तयारीमा रहनु भएका यहाँ यति बेलामा बिदामा नेपालमा हुनु हुन्छ ! उहाँको छुट्टी रमाइलोसंग बितोस भन्ने कामनाको साथमा आज उही 'स्याङ्जाली रमेश' को यो मिसरा-ए-सानी  'जिउँदै छु म मुटुको घाउ मानेर स-साना' लाइ 'घायलको तरही मुसायरा-३१' मा तरहको रुपमा दिएको छु ! यसभन्दा अगाडी मैले संधै 'मुरद्दफ' गज़ल पस्किन्दै आएकोमा यस पटक 'गैह्र मुरद्दफ' गज़ल तरहको रुपमा दिएको छु ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार १२ जनवरी २०१२ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल: स्याङ्जाली रमेश
मिसरा: जिउँदै छु म मुटुको घाउ मानेर स-साना
काफिया:  स-साना
रदिफ:  ------------ 
लय:   जिउँदै/ छु म/ मुटुको/ घाउ// मानेर/ स-साना 
लय:- ३+२+३+२+३+३=१६  
हान्न त हान्यौ छातीमै बज्र ताकेर निशाना
जिउँदै छु म मुटुका घाउ मानेर स-साना
-
गाह्रो छ बाँच्न हरेस खाई मरेर के गरौँ
धेरै छ गर्नु त्यसैले ज्युँन खोज्दै छु बहाना
-
भेट्छु की भनि आदर्श मान्छे यो धर्ति चाल्दैछु
भेटिंन कतै त्यसैले लाग्छ यी मान्छे बिराना
-
जे गर तिम्ले बिचरा भन्छु निर्दोषी ठानेर
चलेको रित सिक्यौ नी तिम्ले दोषी हो जमाना
-
बिन्ती नै के पो ?बिसाउँ अब यौटै छ तिर्सना
धड्कन मेरो रोकिनु अघि बदल्नु ठेगाना

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

Posted by Unknown on 10:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

16 comments for घायलको तरही मुसायरा-३१

  1. जीतु खड्का गाउले
    सर्बप्रथम त सम्पूर्ण सर्जक अग्रज अनी साहित्य प्रेमी सहक्रमी मित्र तथा पाठक हरुमा न्यानो अभिबादनको साथमा यो मेरो गजल पोस्ट गरे है
    गजल: स्याङ्जाली रमेश
    मिसरा: जिउँदै छु म मुटुका घाउ मानेर स-साना
    काफिया: स-साना
    रदिफ: ------------
    लय: जिउँदै/ छु म/ मुटुका/ घाउ// मानेर/ स-साना
    लय:- ३+२+३+२+३+३=१६

    खुसुक्कै पस्यौ यो मुटु भित्र खोजेर बाहाना
    पाइला चाल मायालु मेरी सोचेर जमाना !!

    आँखाको जादु चलायौ किन मै भए भुतुक्क
    ताकेर हान्यौ मुटु कै बिच लागे छ निसाना!!

    यो छाती भरी सङिन गाडी गयौ नि छोडेर
    जिउँदै छु म मुटुका घाऊ मानेर स-साना !!

    जमाना पछी फर्केर गए संम्झेर त्यो ठाउँ
    उस्तै छ गाँउ उस्तै छ गल्ली मान्छे चै बिराना !!

    कमाए पछी शहर छिर्ने मान्छे को बानी भो
    गाउले म'त गावै भो प्यारो यस्तै छ भावना !!

    जीतु खड्का (गाँउले )
    मोरङ उर्लाबारी
    हाल साउदी अरब

  2. Bhagawati Basnet
    गजल: स्याङ्जाली रमेश
    मिसरा: जिउँदै छु म मुटुका घाउ मानेर स-साना
    काफिया: स-साना
    रदिफ: ------------
    लय: जिउँदै/ छु म/ मुटुका/ घाउ// मानेर/ स-साना
    लय:- ३+२+३+२+३+३=१६

    रोकेर पाइला रोकिन्न हेर नगर बहाना
    नसोच तिमी हिजोको जस्तै अझै छ जमाना

    चन्द्रमा टेकी दुनियाँ देखी रम्दै छन् नारी नि
    नारी र पुरुष एउटै हो भन्ने राख है भावना

    सहन सक्छु दिएको चोट सहास बाँकी छ
    जिउदै छु म मुटुको घाऊ मानेर स-साना

    एउटै कोख एउटै आत्मा गर न सम्मान
    आत्मिय ठानी राख्नेछौ भने हुँदैनन् बिराना

    रहर बोकी सगर छुने ठुलो छ चाहना
    नरोक मलाई नछेक मलाई लगाइ निसाना

  3. स्याङ्जाली रमेश
    Dalbir jyu lai hardik dhanyabad malai pane musayara ma sambes garnuvayako ma aja ma nekai khuse chu ra sahitya chetrama arko thulo jimbebari thapiyako mahasus gariraheko chu asha cha sampurna shahityapremi ko sujhab sallaha paunenai chu..ra ajakal ma afnai janmavumi ma ramaune mauka pairahechu ra samaya avablay garda yahaharu samu pratakchya samparkama jutna sakiraheko chaina asha cha chettai prayas garnechu dhanyabad shubha pal.

  4. Starhang Bantawa 'jalan'
    घायलको तरही मुसायरा-३१को लामी मेरो यो सानो प्रयास । सिक्दैछु कमी कम्जोरी पक्कैछ । कृपया मलाई सुध्रने मौकादिनु होला । जदौ "झुत्रेजेठा"

    "गजल"
    तिम्रो मेरो भेटैमा भयो यो कस्तो लहना ।
    तिम्रो खाली सिउँदो भर्ने भयो'नी चाहना ।।

    तिमी थियौ रुपैकी खानि म हेर्दै लोभिए ।
    तिमीलाई भेट्न घरैमा धाएँ बनाई बहाना ।।

    जीवनको मेरो साहरा भन्नु केवल तिमीनै ।
    जूनिभरी बस्छु गरेर सधैं पूजा र साधना ।।

    नहुनु भेट भैगयो हाम्रो भुल्न'नी सक्दिन ।
    नटुटोस हाम्रो प्रितको डोडी गर्दछु कामना ।

    जहिले देखी दु:खमा आयौ बैसाखी बनेर ।
    जिउँदै छु म मुटुका घाऊ मानेर स-साना ।।

    मानब चोला आजकी भोली मरेर गए'नी ।
    हाम्रो यो प्रेम अमर रहोस् यहीछ सपना ।।

    झुत्रेजेठा
    हाल- यु ए ई
    7-Jan-2012

  5. आनन्द श्री श्रेष्ठ
    ‎****गोली गजलकार स्याङ्जाली रमेश जीको मिसरामा एउटा गजल किन नकोर्ने ? भन्ने चाहनाले मलाई पनि फेरि तानेर ल्यायो यहाँसम्म । लोक लयमा निर्मीत यो गजलमा सहभागिता जनाउन मन लागेर यस्तो गजल कोरेको छु । Dalbir Singh Baraili 'Ghayal' ज्युको यो कदमका लागि हार्दिक धन्यबाद,जसले नेपाली गजललाई यात्रालाई फस्टाउन भरपुर मद्दत मिलेको छ भन्ने ठानेको छु । थाहा छैन,यो मैले तयार गरेको गजलमा के कमजोरी छ,छिटो लेख्न मन लाग्छ र यो पनि त्यसरी नै लेखेको छु । विस्तारै लेख्ने बाहेक थप सुझावको आशा राखेको छु ।

    गजल: स्याङ्जाली रमेश
    मिसरा: जिउँदै छु म मुटुका घाउ मानेर स-साना
    काफिया: स-साना
    रदिफ: ------------
    लय: जिउँदै/ छु म/ मुटुका/ घाउ// मानेर/ स-साना
    लय:- ३+२+३+२+३+३=१६

    कुन बाटो लाग्यौ छोडेर मलाई बनाई बहाना
    गल्ती पो भो कि ! विश्वासघात् भो यस्तै छ जमाना

    यौटै'थ्यो बाटो यौटै'थ्यो लक्ष छुनु'थ्यो गन्तव्य
    चुनेर तिम्ले सहज बाटो बनायौ बिराना

    बनायौ आज दोबाटो कुर्ने नयन भिजाई
    जिउँदै छु म मुटुका घाउ मानेर स-साना

    कोही त थियो आफन्त भन्ने सरूवा भएछ
    नभेटी गयो उ जाने बेला भएछ रवाना

    खेलेर गयौ जिन्दगीसँग भेट् हुन्न अब त
    बिर्सेछु लिन बिछोडको बेला भेट् हुने ठेगाना ।

    आनन्द श्रेष्ठ
    काठमाण्डौँ,सामाखुशी ।

  6. Pawan Gharti Magar Bibash
    घायलको तरही मुसयरामा मेरो प्रयासः

    जुधेर आँखा लजायौ तिमी मिल्यो कि भावना।।
    साँटेर मुटू मनैमा बस्ने थियो कि चाहाना।।

    बेहोसी भए पागल जस्तै लागेर नजर,
    सामिप्य हुन तिमीमा फेरि बनाऊँ कि बाहाना।।

    आप्सरा जस्ती नसालु आँखा देखेर भुतुक्कै,
    मेरै हौ भनी छोएर कतै लगाउँ कि निसाना।।
    मुसुक्क हाँस्यौ दिलैमा बस्यौ छरेर सुवास,
    साईनो कतै थियो कि हाम्रो अनौठो पुराना।।

    पराई भयौ छाडेर गयौ मुटूमा रेटेर,
    जीउँदै छु म मुटूको घाऊ मानेर स-साना।।

    अछुत ठान्यौ गरीब भन्यौ लुटेर संसार,
    बिश्वास अब लाग्दैन कतै छोडौ कि जमना।।

    गुल्मी हाडहाडे

  7. श्रेष्ठ बसु
    घायल तरही मुसायरा मा मेरो सानो प्रयास
    गजल;स्यान्जाली रमेश
    मिसरा:जिउदै छु म मुटुका घाउँ मानेर स-साना
    ३+२+३+२+३+३=१६
    काफिया:स-साना

    गजल
    कसरी सक्यौ छोडेर जान बनाई बहाना
    मेटाई सबै तिमीले मेरो मन को चाहाना !!

    बनायौ घाउँ मुटुको माझ चर्किन्छ बेसरी
    निष्ठुरी बनी तोडेर गयौ कलीलो भाबना !!

    दियौ नी चोट हजारौ यहाँ सहनै गाह्रो भो
    जिउदै छु म मुटुका घाउँ मानेर स साना !!

    दिएथे मैले प्रितको खानी आफ्नो नै ठानेर
    तोडेर गयौ बनाई आज मर्त्यु को निसाना !!

    आफन्त संग लडेर म त हिडेथे साथ मै
    तिम्ले नै हात छुटाई गयौ हाँस्दैछ जमाना !! श्रेष्ठ बसु

  8. Sabitra Luitel
    नमस्कार याहाहरु सबैमा - घायलको तरही मुसायरा-३१ मा जानी नजानी मेरो सानो प्रयाश.....

    गरेकी थिए रमाउने आशा मात्र भो चाहाना
    गरेर गयौ तिमीले याहा अनेकौ बाहाना !!

    नसोच तिमि ठुलो भै आफु दुनिया सानोछ
    आफुनै ठुलो सम्झिनु तिम्रो मात्र हो भावना !!

    देखाइ फुर्ती के गर्छौ तिमि मर्नु छ सबैले
    पैसाले जित्ने साचै नै भनु छैन यो जमाना !!

    सोचेर गयौ तिमीले म त मरेकी भनेर
    जिउदै छु म मुटुको घाऊ मानेर स-साना !!

    चान्-चुने छैन आमाकी छोरी गर्दछु ,घमण्ड
    हरेक पल्ट आज झैँ गरि चुक्ने छ निसाना !!....साबित्रा लुइँटेल घिमिरे |

  9. Tara Prasad Adhikari
    घायलको तरही मुसायरा-३१
    सिकारु गजलकार को तर्फ बाट अग्रजमा
    नमस्कार गर्दै मेरो कोशिस मा नजर दिएर खुट
    छुट्टयाई दिनु हुन् बिनम्र अनुरोध गरे...>>
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
    बाच्नको लागी हासेकै छु म देखेर मरण
    ठोकिदा पाउ खोसिदा हासो फुटेर स -साना

    पिउदै तार्छु जीवनको नाउ ठानेर झरना
    जिउदै छु म मुटुका घाउ मानेर स - साना

    अतृप्त प्यास लिएर मन किनारा ठोकिदा
    उर्लदा छाल बल्झिन्छ नसा चाहत स-साना

    मानव जन्म सृष्टिको नीति तैरिदा बहन
    अटुट चक्र व्यथाको पंखा खिएर स-साना

    तर्नुनै पर्ने बैतर्नी नदि रोकिन्न अथक
    मनुष्य जुनी खपत गर्दा ठक्कर स-साना
    ~~~~~~~~~#####~~~~~~~~~~~~~

  10. आनन्द श्री श्रेष्ठ
    यो गजलमा काफिया"आना"छ,कसै-कसैले रोपनी र पैसामा दिनुभएको जस्तो लाग्यो । स-साना,जमाना,रवाना,खजाना(आ.),दिवाना(आ.),निशाना,बिराना,बहाना,तराना(आ.),घराना(आ.) आदि ईत्यादि काफिया हुन्छन् ।

  11. Nirmala Khadka
    यस घायल तरही मुसयारा मा सहभागी हुने मौका दिनु भएको मा दलबीर सिंह जी लाइ हृफय देखि नै धन्यबाद साथै
    सुम्पूर्ण अग्रजहरु,स्रस्टा ,साहित्यिक मनहरु मा मेरो साहित्यिक न्यानो नमस्कार

    घायल तरहिको मुशायारा ३१ को लागि सिकरुको एउटा थप प्रयाश, मिले नमिलेको विज्ञहरुबाट औलाई दिनुहुने छ भन्ने आशा राखेकी छु धन्यबाद

    गज़ल
    मिसरा: जिउँदै छु म मुटुका घाउ मानेर स-साना
    काफिया: स-साना
    रदिफ: ------------
    लय: जिउँदै/ छु म/ मुटुका/ घाउ// मानेर/ स-साना
    लय:- ३+२+३+२+३+३=१६

    कुर्सिको खेल बिजयी भयो मारेर भावना
    धोकाले जित्ने,ठगेर बन्ने भएछ जमाना

    ताजै छ चोट खाएको गोली युद्धको बेलामा
    जिउँदै छु म मुटुका घाऊ मानेर स-साना

    पराइ देश पसिना सिच्छु सम्झेर आफ्नै झैँ
    पाउन्न जश, निर्दयी छन् मुहार बिराना

    दुखेकै हुन्छ छातीको पिडा बल्झेर रातीमा
    नहुदा पुरा जन्मेको भूमि सिंगार्ने चाहना

    हिडेकै थिए सत्यको बाटो रोजेर कठिन
    हारेर सबै जितको झुठो के गर्नु बाहना

    निर्मला खड्का
    भैरहवा (हाल इजराइल )

  12. लक्ष्मण 'मिलन' विष्ट
    सर्ब प्रथम आदरणीय सर्जक घायल ज्यु प्रति एकदमै आभारी छुँ । उहाँले दिनु भएको मिसराको आधारमा..
    घायलको तरही मुसायरा 31 को लागी मेरो गजल यस्तो बन्यो....

    गजलकार- रमेश 'स्याङ्जालि'
    काफिया- स -साना

    शब्द- जिउदै//छु म// मुटुका// घाउ/ मानेर// स-साना ।।

    लय-3+2+3+2+3+3=16

    ==गजल==

    म सँग चिनो छदैछन् अँझै अत्यन्त पुराना ।
    खोस्यौ त्यो खुशी दुखायौ मर्म लुटिए चाहाना ।

    मायाको भोको म मात्र थिएँ रुवायौ ठिकै छ ,
    जिउदै छु म मुटुका घाउ मानेर स-साना ।

    आँशुका ढिका खसाल्नु मात्र बनयौ मायाले,
    चौपट्ट भएँ दुनिया माझ नाग्यौर सिमाना ।

    छातिमै छुरा प्रहार गर्यौ सिध्यायौ यो देह.
    मलाई छोडी पराई घर भएछौ रवाना ।

    छोडेर जाने निश्ठुरी माया भुल्न नि सकिनँ,
    गजल लेख्छुँ यादमा तिम्रो भर्दछुँ यि पाना ।।

    धन्यबाद..

    लक्ष्मण 'मिलन' विष्ट
    कालिकास्थान अछाम

    हाल दृष्टि-वाटिका साहित्य समाज, मुम्बई
    उपा-ध्यक्ष..!!

  13. Sunil Hamal
    घायलको तरही मुसायरा-३१ मा जानी नजानी मेरो पुन:दोस्रो पटकको सानो प्रयाश>
    गजल: स्याङ्जाली रमेश
    मिसरा: जिउँदै छु म मुटुका घाउ मानेर स-साना
    काफिया: स-साना
    रदिफ: ------------
    लय: जिउँदै छु म मुटुका घाउ मानेर स-साना
    लय:- ३+२+३+२+३+३=१६

    हिजोको जस्तो रहेन आज फेरिएछ जमाना ।
    घायल मुटु लिएर फेरि गर्दैछु सामना ।।

    म तिम्रो समिप आउँनेछु एकदिन नसम्झे बहाना ।
    पुछेर परेली ओठमा हासो ल्याउनु थ्यो चाहना ।।

    गर्दै छु म रणमा आज दुस्मन को सामना ।
    म फर्की आउँछु लिएर खुशी गर्नु है कामना ।।

    सम्झेर अतित मनमा कुरा चल्दैछ तरना ।
    जिउँदै छु म मुटुका घाऊ मानेर स-साना ।।

    त्यो रितको कुरिती फालेर नयाँ भर्ने हो चाहना ।
    त्यै सपना लिएर आउँदै छु म, गर्नु है कामना ।।

    सुनिल हमाल ,म्याग्दी (२०१२-०१-०७)

  14. Sanu Sharma
    नमस्कार अग्रज,अनुभबि मान्यबर र मित्रहरु ।
    मैले आजसम्म गजल लेखेकीछैन (नहंास्नुहोला ममथि ) तर सत्य यहिहो की मलाई यो गजलको जोड घटाउ को बारेमा केहीथाहाछैन तर म सिक्नचाहन्छु । त्यही कोशिशको सुरुवात गरेकोछु मैले यो टुक्रा लेखेर, अब यो गजल बनेकोछ या छैन त्यसको समिछ्या म याहांहरुमा छोडदैछु । यदि यो गजल बनेकोछैनभने कृपया झर्को नमानि मलाई गजल लेख्ने तरीका अर्थ्याईदिनुभए म याहांंहरुको आभारीहुनेथिए ।
    सिकारु लेखक
    सानु
    मेरो पहिलो प्रयास, घायलको तरही मुसायरा ३१ को लागी ।

    बिच बाटोमा छोडी गयौ तिमीले मलाई
    लत्याएर मेरो सारा बिश्वाश र भावना ॥
    (यो ठिक छ ?)
    छोडी गयौ लत्याएर मेरा सारा भाबना
    भत्काई दियौ मेरा सबै बिश्वाश र चाहना॥
    (या यो? कस्तो आपत?)

    तर श्राप म तिमीलाई दिन्न बरु सुन
    तिमी सुखसग बांच, मेरो शुभकामना ॥

    तिमी मात्र होईनौ गलत यहां अचेल,
    यस्तै छ आजकल को सारा जमाना ॥

    दुखि छु म तिम्रो बियोगमा सारै तर,
    जिउंदैछु म मुटुका घाउ मानेर स साना ॥

    कायर ले जस्तै मृत्यु कदापी अंगाल्ने छैन
    चाहे जत्रो सुकै ठुलो किन नहोस बाहाना॥

  15. Purna Guvaju Muskan
    आदरणिय गुरु घायल ज्यु लाई धन्यबाद ज्ञापन गर्दै
    आजको घायलको तरहि मुसायरा ३१ को लागि सहभागी यसरी पो जनाएँ।

    गजलकार :- स्याङ्जाली रमेश

    काफिया = स-साना

    रदिफ ---------------

    लय :- जिउँदै / छ म/ मुटुको/ घाउ/ मानेर/ स-साना

    .....
    0=गजल=0
    .
    जे खोजेँ मैले पाईन आज उल्टो भो चाहाना।
    त्यसैले होला झर्दैछ मेरो आँशुको यि दाना!

    प्रतिक्षा गर्दै दोबाटो कुरेँ त्यो तिम्रो मायामा,
    बल्लपो सुनेँ मायामा तिम्रो थियो रे बाहाना!

    गएसी तिम्ले छोडेर साथ जब म चिच्याएँ,
    बेहोसी भई मुटुमा तिर सोज्याएँ निशाना!

    मायाको निम्ति धोकाको सँज्ञा तिमीले दिएनी,
    जिउँदै छु म मुटुको घाउ मानेर स-साना!

    जतिनै टाढा गएनी तिम्ले नभुले अतित,
    त्यसैले भन्छु यो हाम्रो प्रेम नठान्नू पुराना !

    धन्यबाद........

    पुर्ण गुभाजु मुस्कान्
    यूनाईटेड अरब ईमरेट्स
    आबु दाबि

  16. Laxman Bhantana Sireesh.
    नजर भित्र बिझायौ किन चुक्यो कि निशाना.
    पराय घुम्टो न ओध्नु तिमी बनाइ बहाना.

    सुस्केरा चल्छ,नजर भिज्छ, चुम्दा त्यो अतित्.
    लुटेर खुषी आफन्ती सबै भैदिए बिराना,

    बगायो खुषी , चिरियो मन छिरेसी बाछिटा.
    जिउदै छु म मुटुका घाउ मानेर स-साना,

    लत्याइ मन रोजे नि धन ठनेर सर्बस्वो.
    गालेर ढुङा हुनेभा हिरा फेरिन्थ्यो जमाना.

    बाले नि दियो धाए नि मन्दिर पाइन्न देबी त.
    अदृश्य पिडा लिएरै जान्छु बनेर दिवाना.

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011