गज़ल:-ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देउ
बिना तामाङ 'सुनगाभा'
ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देउ
पाखुरीमा दम छ अझै गर्नलाई काम देउ
आफ्नो देश आफ्नो भेष सबै भन्दा प्यारो लाग्छ
कहिँ कतै पुगें भने नेपालीकै नाम देउ
एक पेट एक आँङ खाईलाई बाँच्न सकुँ
सिस्नो पानी,चिसो पानी भाको मेरै गाम देउ
काशीगंगा,बुद्दगया जाने गर्छन् मान्छेहरु
जान्न कतै,सक्छौ भने नेपालकै धाम देउ
गरे देखि मानो रोपी मुरी फल्छ यै माटोमा
देखाउँछु तिमी हेर मात्र यहाँ ठाम देउ
काठमाण्डौं