गजल:अँधेरी नै प्यारो लाग्छ,
किरण लिम्बु
जून तिमी मुस्कुराउँदा अँधेरी नै प्यारो लाग्छ,
सपनीमा उनी आउँदा निदेरी नै प्यारो लाग्छ ||
जिन्दगीको खुसी खोज्न धरै टाढा गए पनि,
किन होला आफ्नै घरको मझेरी नै प्यारो लाग्छ ||
जतिसुकै सुख-सयल महलमा हाँसे पनि,
बालापन हुर्किएको कटेरी नै प्यारो लाग्छ ||
जिन्दगीको यात्राभरी धेरै साथी आए पनि,
आफ्नै गाउँको माया दिने सँधेरी नै प्यारो लाग्छ ||
मिर्मिरेको घाम संगै लाली-किरण मुस्कुराउँदा,
किन-किन उनलाई भेट्ने पँधेरी नै प्यारो लाग्छ ||