कविता..............पस्चातापको आसुँ
लक्ष्मी पोख्रेल
छोरा जन्मिए लगाउँछन भोज
छोरी जन्मिए घरको शोक
आखिर
बुढेस्कालमा आमा -बाबु बन्छन
त्यही छोराको बोझ
छोरी पराइ धन हुन्छिन
छोरा बँश धान्ने हुन्छ
त्यसैले
उसैलाई नै राखिदिन्छन
धन सम्पत्ती जुटाएर
तर
जब आमा-बाबु असक्त र आश्रित हुन्छन
त्यही छोरा ले छोडिदिन्छ
ब्रिद्द आश्रम पुर्याएर
छोरी नजन्मिदा रमाउने हरुले
छोरा लाई मात्र सन्तान ठान्ने हरुले
छोरीको महत्व त्यो बेला बुझ्छन
जब
छोरी हुने हरुको छोरी आएर पोल्टा भरिको मायाँ
आमा बाबुको काखमा पोखिदिन्छिन
बिना स्वार्थ
आश्रम बाट आमा बाबुलाई घर लिएर जान्छिन
तर
बुढेस्कालको लौरो
त्यही छोरा फर्किएर पनि आउँदैन
यसरी
जब सबै लुटिन्छ
सप्नाहरु चक्नाचुर हुन्छ
अनी
खोसिन्छन सबै हाँसो हरु
अन्त्यमा
काहाली लाग्दो जिन्दगी कटाउने एक मात्र साथी रहन्छ
त्यो हो
केवल पस्चातापको आसुँ
केवल पस्चातापको आसुँ