मेरो गामक गेडीहरु
संजय कुमार खड्का
आज भोलि रातमा एक्लै भयो जिन्दगी
अब तेतै आउकी यतै राखौ बन्दगी
बिचार गर्दै छु
माया साँची बोरा भर्दै छु ||(१)
म त यहाँ डुल्दै छु मरुभूमि बगर
तिम्ले माया अन्त चै लाउने कुरा नगर |हाँसी बाँच्नु नि
मेरै लागि माया साँच्नु नि ||(२)साथ छैनौ तिमि त चिन्ता मात्र बढी भो
कति बस्नु पर्खेर मलाइ घाडो घडी भो |बसे रोएर
मनको पिर जान्न धोएर ||(३)धेरै छैन मलाई अब तिम्ले कुर्नलाई
पर्ने रैछ भेट्ने ति दिन पनि जुर्नालाईनाम जपेर
बस अब थोरै खपेर ||(४)कति बस्नु कुरेर आउने दिन गनेर
तिमि रैछौ सुखमा बस्छु मत खनेरपर्खी बस्दैछु
चिनो ठानी सिन्दुर घस्दैछु ||(५)कहाँ थियो चहाना घर छोडी आउन त
गारो हुन्छ साहुको धन हाम्ले पाउन तमन रुन्छ नी
मेरो तस्बिर हेर्दा हुन्छ नी ||(६)सम्झिदा नै किन ? हो उमेर तेसै जनेभो
पानी पानी भैसके ज्यान सुकी लाने भो ||मैले के भन्नु
एक्लै बसी दिन के गन्नु ||(७)केहि दिन बस है तिम्ले मन धानेर
मेरो पनि यो ज्यान सुक्यो पिर मानेरमेरो बानिले
यस्तै पार्यो जिन्दगानिले ||(८)
हजुर घायल सर मेरो रचना हजुरको साइडमा राखिदिनु भएको मा धेरै धेरै धन्यबाद |