लेख : गजल र तरही मुसायरा बिचको सम्बन्ध
-सन्तोष काफ्ले स्पन्दन
यतिबेला नेपाली साहित्यमा गजल विधा निकै फस्टाएको कुरा सबैले स्वीकार गरिसकेका छन् । र मोटामोटी रुपमा गजलका नियममा आधारित गजलहरु रेडियो र वेब पत्र-पत्रिकाबाट प्रकाशित र प्रसारित भैरहेका छन् । यो राम्रो पक्ष हो यसलाई हामीले गुणात्मक रुपमा विकास भएको मान्नु पर्छ । आजकल सामाजिक संजाल फेसबूकले निकै आयाम थपेको छ । यतिबेला गजलका साथसाथै मुसायरा को चर्चा चलेको पाइन्छ । नेपाली वेब म्यागजिनमा दलबीर बराइली 'घायाल' जी ले 'घायलको तरही मुसायरा' धाराबाहिक रुपमा संचालन गर्नुभएको छ । हामीले गजलका अलवा मुसायरा के हो त ? त्यो पनि बुझ्नु आवस्यक छ । गजल र मुसायरा दुवै अरबी मुलका शब्द हुन् । गजलको पद्गत अर्थ स्त्रीको बाणी वा स्त्रीका साथ गरिने कुराकानी हुन्छ भने मुसायरा शब्दले सायरहरुको काव्यमय प्रतियोगिता भन्ने अर्थ दिन्छ । बिशेष अर्थको रुपमा भने गजलले काव्यको एउटा भेदको रुपमा बुझाउँदछ भने मुसायराले मुलत: उर्दू शायरहरुको सभा वा गजलबचनका सन्दर्भमा औपचारिक रुपमा सहभागी भएका कबि शायरहरुको समुहलाई बुझाउँदछ । बस्तुत:मुसायरा गजलको बिकासका क्रममा आरम्भ भएको साहित्यिक कार्यक्रमको प्रकिया हो ।
गजललाई सुरुसुरुमा पाठ्य भन्दापनि कथ्य र श्रब्य काव्यिक विधा मानिन्थ्यो । गेयताका कारण यसको सांगीतिक जगतमा उत्तिकै निकटतम सम्बन्ध रहेको छ । मुसायरा यस्तो कार्यक्रम हो, जसले कबि र श्रोताहरुबीच हार्दिक सु-सबन्ध कायम गर्ने दिशामा महत्वपुर्ण भूमिका खेलेको हुन्छ । खास गरेर गजल सर्जकहरुलाई सायर भनिन्छ ,तिनै सायरहरुले आफ्ना रचना गजल प्रकाशनका माध्यमबाट भन्दा आफ्नै स्वरका माध्यमबाट श्रोताबर्गको हृदय आकर्षित गर्ने एउटा प्रभाबकारी माध्यम मुसायरा हो । गजल सिर्जना हो भने मुसायरा त्यही सिर्जनाको प्रभाबोत्पाद्क मौखिक प्रस्तुतीकरणका लागी ब्यबस्था गरिएको मंच हो । यो मुलत साहित्यका लागी संचालित गोस्टी वा बिशिस्ट कार्यक्रमको प्रकार पनि हो । डा . घनश्याम परिश्रमी का अनुसार मुसायराको प्रारम्भ भारतीय भूमिमा फारसी साहित्यिक परिबेशमा इशाको सोर्हौ शताब्दीतिर शायर फिगानिको काल (सन् १५१९)देखि भएको हो भन्ने मान्यता छ भने अठारौ शताब्दीको आरम्भ कालसम्म आइपुग्दा यसले अत्यन्त लोकप्रियता हासिल गरेको थियो भन्ने कुरा यसको खोजमुलक अध्यनबात थाहा पाइन्छ । क्रमस :यसले उर्दू साहित्यिक संसारमा समेत विस्तार हुने अवसर प्राप्त गर्दछ । अत्यन्त महत्वपूर्ण साथ उर्दू साहित्यिक परिबेशमा प्रबिस्टी पाईसकेपछी बिषेशत:दिल्ली ,पन्जाब ,उत्तर परदेस ,हैहराबाद जस्ता प्रान्तहरुमा मुसायरा बढी लोकप्रिय हुन् पुग्दछन । आज भारतीय साहित्यिक रंगमंचमा मुसायराले निकै महत्वपूर्ण स्थान प्राप्त गरेको छ । रेडियो र टेलिभिजनजस्ता श्रब्य दृश्य बिधुतिय संचार माध्यमहरुले समेत अत्यन्त महत्व दिएर आयोजना एबंम प्रत्यक्ष प्रशारण गर्न थालेपछि त यसको आकर्षणमा अरु बढी बृद्दि भएको दृष्टिगत हुन्छ ।
मूसायराको मुलभूत बुशेषता के छ भने यसमा सहभगी कबि सायरहरुले प्रतिस्पर्धात्मक भाबना बाट प्रेरित श्रोतागणलाई प्रभावित पार्ने गरि रचना सुनाउँछन् । प्रभावित पार्ने सन्दर्भमा भन्ने अर्थात् प्रस्तुत गर्ने कलाले पनि बिशेस महत्व राखेको हुन्छ । यस्तो परम्परालाई पहिले पहिले बौद्दिक मनोरन्जनको माध्यम मानिन्थ्यो र हाल यो मान्यता कायम छ । सर्जकले गजल सुनाउदा बाह बाह , आफरिन आफरिन ,मरहवा वा मुकरर इशाद र हिन्दीमा बहुत खुब जस्ता शब्दहरुको प्रयोगका माध्यमहरुबाट प्रशंशा गर्दै शायर लाई उत्शाहित गर्दछन । तसर्थ मुसायारमा कसले बढी भन्दा बढी वाह वाह पाउन सक्छ भन्ने भावना बाट प्रेरित भएरनै सायरहरु बडो रोचकतापूर्ण शैलीमा गजल पढेर वा गाएर सुनाएका हुन्छन । त्यतिबेला मंच र रौनक मजदायी हुन्छ ।
भनिन्छ ,मुसायराको जन्म र बिकासकोसंगै एउटा विकृतिले पनि सुटुक्क प्रवेश गरेको थियो । गजलकारहरुमा कहिले काही भनाभन र हानाहानको स्थिति पनि सिर्जना भएको हामी पढन पाउछौ । प्रतिस्पर्धाको त्यो घडीमा मुसायराको सिमा र सायरको शालीनता बिर्शेर बिरोध र तुच्छ क्रियाकलाप भएको थियो भन्ने पढ्न पाइन्छ हिन्दी साहित्यमा । त्यो बेला वाह वाहि पाउने सायरको भिड हुन्थ्यो । क्रमस यो काल हटेर गयो हाल आफ्नो मौलिकतालाई उदाहरनिय बनेको छ हिन्दी साहित्यमा , यो राम्रो पक्ष मान्नु पर्छ । तर नेपालमा भने मुसायराले आफनो स्थान जमाईसकेको छैन ।
नेपाली वेब म्यागजिन लिटलेचर अफ नेपालीमा सायर दलबीर सिंह बराइली 'घायल' जीले सुरुवात गर्नु भएको धाराबाहिक पत्रिका 'घायलको तरही मुसायरा' स्वागत योग्य बनेको छ । शास्त्रीय मान्यतालाई नेपाली साहित्यमा उत्पादन गर्ने उद्घोस दलबीर जी लाई जान्छ । गजलको उद्भब मुलत :श्रीन्गारिक वा प्रणयजन्य काब्य विधाका रुपमा भएको हो । र चलिरहेको छ , कतिपय पुरातन पन्थी वा अतितजिबिहरुले गजल प्रेमबिषयमा नै हुनुपर्छ भनेर आग्रह गरेका छन् । सुरुसुरुका मुसायरामा पनि प्रणयविषक गजलहरुले मान्यता वा वाह वाह पाउने गर्दथे । गजलको बाचन शैली पनि तदनुरूप नै थियो । अंग्रेजहरुको शाशनकालमा मुहमद हुसेन ‘आजाद’(१८२९-१९१०) र अलताफ़ हुसेन मौलाना “हाली (१८३७-११४)ले पृथक ढंगले मुसायराको आयोजना गरे । उनीहरुले यसमा प्रेम बिषयक गजल अन्य रचनालाई स्थान दिएनन् । बस्तुत :त्यो बेलाको अभियानले पनि खासै महत्व पाउन सकेन तर त्यो सोच विचारबाट प्रेरित आन्दोलन थियो । जसले गजलका सन्दर्भमा आधुनिकतालाई मार्गप्रशस्त गरेको कुरा बिर्सन मिल्दैन । हाल आएर नेपाली साहित्यमा छुट्टै पहिचान बनाएको छ नेपाली गजल आकास भने बिभिन्न बिषयबस्तुलाई आत्मसाथ गरिरहेका छन् नेपाली गजलकारहरु ।

'घायलको तरही मुसायरा'मा तरहित बिभिन्न शायरहरुबाट बिस्यबस्तुको बिबिधता भएका गजलहरु पोस्ट भै रहेका छन् । एक किसिमले गजलको हितमा त्यो म्यागजिन खँदिलो बनेको छ । गजल गायनका हिसाबले हामी अझै पछि छौ की ? यसर्थ अब एकातिर गजल गायकका लागी नयाँ नयाँ प्रसिक्षित् तथा निपुण गायकहरु उत्पादन गर्नु आवस्यक छ बने अर्कातिर मुसायरा परमपरालाई पनि ल्याउनु उपुक्त देखिन्छ । घायलको तरही मुसायरामा कलम चलाउने सायरको नाम लिन मन लाग्यो -सर्ब प्रथम दलबीर “घायल”,स्टारहंग बान्तवा “जलन “, लक्ष्मन् ‘मिलन’ बिस्ट , जेन तमु , विकास घायल , संजय कुमार खड्का , सुमित्रा पोडेल , निर्मला खडका , स्याङ्गजाली रमेश ,भगवती बस्नेत लगायत अन्य अन्य धेरै हुनुहुन्छ । उहाहरुलाई धन्यबाद दिन चहान्छु । आफ्नै भएपनि विकृत परमपरा त्याग्नु अनि अर्काकै भएपनि राम्रो परमपरा स्वागत गर्नु कदापी नराम्रो होइन । यस बिसयमा सबैले गहन अध्यन गर्नु पर्ने देखिन्छ ।
धन्यबाद ।
santosh_kafle46@yahoo.com इ-mail
spandan.com website
# हिन्दी पत्रिकाबाट खोजिमेली
santosh_kafle46@yahoo.com इ-mail
spandan.com website
# हिन्दी पत्रिकाबाट खोजिमेली
Posted by Unknown
on 9:48 PM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0