घायलको तरही मुसायरा-३३
सर्वप्रथम त माफी चाहन्छु गतहप्ता मैले तरही मुसायरा पोस्ट गर्नु नसकेकोमा ....! यहाँहरुलाई अवगतै छ प्रवासको ब्यस्त दैनिकी ....त्यसपछी बर्षदिन पछी छुट्टी जानको हतारोले गर्दा गत हप्ता निक्कै ब्यस्त रहें .....यहाँहरुले धैर्यतापूर्वक 'घायलको तरही मुसायरा-३३'को प्रतिक्षामा बसी दिनु भएकोमा हृदयादेखी नै आभारी छु साथै संधै झैं यहाँहरुको निरन्तर साथको पनि अपेक्षा गर्दछु ! आउनुहोस तरही मुसायरा तर्फ लागौं ....!
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
कठजोर- रामेछाप-६ का स्थाई निवासी कुमार श्रेष्ठ "यात्री" साउदी अरब रियादमा रोजगारीको सिलसिलामा हुनु हुन्छ ! लाखौँ नेपालीहरु झैं उहाँ बिदेश पलायन भएतापनि उहाँको साहित्य तथा साहित्यसंग सम्बन्धित गतिविधिहरुमा सकृय सहभागिता रहँदै आएको छ ! तातो घाममा पसिना पुछ्दै कलम चलाउने सकृय सर्जक मध्ये उहाँ पनि एक हुनु हुन्छ ! गजल,कथा,कबिता,गीत,मुक्तक,मनोवाद आदी बिषयमा कलम चलाउँनु हुन्छ र निकट भविस्यमा नै प्रकाशोन्मुख कृती : "आँशुले जलेको मनहरु" "संयुक्त गजल संग्रह" छापामा पुगी सकेको छ ! साथै www.sirjanakalaharharu.com को अनलाइन रेडियो कार्यक्रम "सिर्जनाकालहरहरु ","शब्द गुच्छा" उत्पादन तथा संचालन गर्दै आउनु भएकोछ ! "बिश्व नेपाली साहित्य महासंघ-का आजीवन सदस्य समेत रहनु भएका उनै प्रतिभाशालीको सर्जकको गज़लको यो मिसरा-ए-सानी 'मेरै बारे सँधै खराब् कुरा हुन्छ' लाइ 'घायलको तरही मुसायरा-३३' मा तरहको रुपमा दिएको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार ०२ फेब्रुअरी २०१२ रातको १२:०० बजे (टाइम जोन +४ अनुसार)
गजल: कुमार श्रेष्ठ "यात्री"
मिसरा: मेरै बारे सँधै खराब् कुरा हुन्छ
काफिया: कुरा
रदिफ: हुन्छ
लय: मेरै बारे/सँधै//खराब् कुरा/हुन्छ
लय:- ४+२+४+२=१२
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
फेसबुकको लागि तल क्लिक गर्नु होला
https://www.facebook.com/note.php?note_id=333146800042234

Kalpana Awasthi
त्यो बोलीमा मुटु रेट्ने छुरा हुन्छ
हातमा नि तिम्रो तिखो चुरा हुन्छ
बेकाममा चर्चा धेरै गर्छैा अरे
मेरै बारे सँधै खराब् कुरा हुन्छ
भन्नेले त भने होलान् तिम्लाई
छोडे पछि मात्रै सोच पुरा हुन्छ
कति बगे आँशु बियोगमा जल्दा
अधरमा पुग्दा त्यही सुरा हुन्छ
" कल्पनाको" माया तिर्स्कार गरी
भन्छाै किन जीबन यो अधुरा हुन्छ
January 27 at 12:00am · Unlike · 10
जीतु खड्का गाउले
************
मेरो सानो प्रयास
************
बैगुनिको मायाँ भित्र छुरा हुन्छ
अरुलाई घोच्ने तिखो चुरा हुन्छ !!
आफ्नो लागि आँफै ठुलो भन्ने लाई
आँफै माउ बाँकी सबै भुरा हुन्छ !!
म मरेको देख्दा खुशी हुन्छौ भने
रेट घाटी इच्छा तिम्रो पुरा हुन्छ !!
सबैजना जाती यहाँ मै छु वैरी
मेरै बारे सँधै खराब् कुरा हुन्छ !!
आगो लाई गयौ 'गाँउलेको' बस्ती
डडेलोले खाए नयाँ आँकुरा हुन्छ !!
जीतु खड्का (गाँउले )
January 27 at 3:14am · Unlike · 14
Purna Guvaju Muskan
मेरो पनि सानो प्रयास
म मरेनि तिम्रो हात्मा चुरा हून्छ ।
तर दिल्मा बिझ्ने पक्कै छुरा हून्छ ।।
चर्चाहरु चल्दै जाँदा समाजमा ,
मेरा बारे सधैँ खराब् कुरा हुन्छ ।।
चायौ भनेँ म बिनाको सुन्य सँसार् ,
त्यो पनि त पर्ख अब पुरा हुन्छ ।।
औकात पो हेर्छौ आफै ठुलो सम्झि ,
तिम्रो अघि सर्बमान्य भुरा हुन्छ ।।
जाँदै छु म टाढा तिम्रो साथ छोडी ,
ख्याल गर्नु बाल बच्चा टूहूरा हुन्छ ।।
ट्याग लिस्टमा मेरो नाम नभयता पनि मैले मेरो प्रयास गरेको मात्र हू
माफ गर्नुहोला गल्तिको सँजाए भोग्ने छु धन्यबाद ।।।।
January 27 at 7:09am · Unlike · 7
श्रेष्ठ बसु
घायल तरही मुसायरा ३३ सौं मा मेरो प्रयास
४=२=४=२=१२
मिसरा=मेरो बारे सधैँ खराब् कुरा हुन्छ
काफिया=कुरा
उस्को निम्ति मेरो बोली छुरा हुन्छ
सोच हरु सधै किन अंधुरा हुन्छ !!
कहाँ जाउ अब कस्लाई पो भनु
कसो गरी चाह मेरा पुरा हुन्छ !!
आफ्नो ठानी हाँस्ने बोल्ने गर्छु म त
मेरो बारे सधैँ खराब् कुरा हुन्छ !!
दु:ख पिडा बिना जिन्दगी यो मेरो
लाग्न थाल्छ किन हो टुहुरा हुन्छ !!
ठुलो ठान्छ आफै मात्र सधैँ उस्ले
हामी जस्ता सबै जैले भुरा हुन्छ !!
बसु श्रेष्ठ
काठमान्डौ
January 27 at 10:49am · Unlike · 10
Nirmala Khadka
घायल तरही मुसायरा ३३ मा मेरो प्रयास यसरि गरे ..
४+२+४+२=१२
मिसरा=मेरो बारे सधैँ खराब् कुरा हुन्छ
काफिया=कुरा
गज़ल
साँचो भए चाह सबै पुरा हुन्छ ।
पापी सोच राखे ती अधुरा हुन्छ ।।
गर्छौ किन चर्चा साथी माझ मेरै ।
डाह लागे रोपे तिखो छुरा हुन्छ ।।
निर्दोष छु ,सधै तिम्रो खुशी खोजे ।
मेरै बारे सधै खराब् कुरा हुन्छ ।।
संघारको शंख फुक्छु बैरी अब ।
नलड़ु नि सत्य नै टुहुरा हुन्छ ।।
सक्छौ भने सामु आइ रेट घाटी ।
कायर भै नत्र लाए चुरा हुन्छ ।।
निर्मला खड्का
भैरहवा ( हाल इजराइल )
January 27 at 1:57pm · Unlike · 9
पुस्कर देव शर्मा
घायल तरही मुसायरा ३३ सौं मा मेरो प्रयास
४=२=४=२=१२
मिसरा=मेरो बारे सधैँ खराब् कुरा हुन्छ
जपी राम यहाँ गोजी छुरा हुन्छ
भन लुटि कती चाह पुरा हुन्छ
गल्ती गर्दा होस तिमीलाई ज्ञात
लात हान्ने नत्र सानु भुरा हुन्छ
राम्रो भलो सधैं सेवा भाब राख्दा
मेरै बारे सँधै खराब् कुरा हुन्छ
समाजको फाल्छु कुरितिनै मैले
भन्दै हिड्दा कँही दिने चुरा हुन्छ
कस्तो जग हन साथ हिंड्ने छैन
स्वप्न सारा लाग्छ ति अधुरा हुन्छ
पुस्कर देव शर्मा (चापागाइँ)
हाल यू ए इ (alain)
January 27 at 5:15pm · Unlike · 7
लक्ष्मण 'मिलन' विष्ट
सर्ब प्रथम आत्मिय गजल अनुरागी मनहरु लाई गजलमय अभिवादन् टक्र्याउछुँ..!!
घायलको तरही मुसायरा -33 बमोजिम मेरो सानो प्रयास यस्तो छ..!!
गजल- कुमार श्रेष्ठ 'यात्री'
काफिया- कुरा..!
रदिफ-हुन्छ..!!
लय-नियम बमोजिम..!!
====गजल====
मुटु भित्र अँझै, तिखो छुरा हुन्छ..!!
माथिबाटै भाग्य, भन्छन् जुरा हुन्छ..!!
सपनीमा तिम्रै, वरी-परी हुन्छुँ...
सिरानीमा अहो.! शिन्दुर् चुरा हुन्छ..!!
बुझे छैन कुन्नि, के हुदैछ यहाँ..
मेरै बारे सधै, खराब् कुरा हुन्छ..!!
टुना-मुना लायौ, जिन्दगीमा आयौ..
कित माया छुट्छ, कित पुरा हुन्छ..!!
समयको पछी, कोही हुन्न बुझ्यौ..
घाम भन्दा पनि, रात् अँधुरा हुन्छ..!!
धन्यबाद..!!
लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान, अछाम
हाल-दृष्टि-वाटीका साहित्य समाज मुम्बई
पुनश्च- दिएको ईमेल आई डी मा रचना पठाउन असमर्थ छुँ किन की मेरो ईमेल आई डी ले राम्ररी काम गरेको छैन ।।
Ramesh Biman
सानो जमर्को ####### !!!
भगवान्ले मात्र कहाँ जुरा हुन्छ
ति कदम बडे चाह पुरा हुन्छ
ए आउंन दिल्मा सजाएर राख्छु
रिसाएर हिंडे त्यही छुरा हुन्छ
मखमली चोली फूलबुट्टे गुन्यू
सौभाग्यको चिनो हात्मा चुरा हुन्छ
सोह्र सय बिच्मा कृष्णजिको लीला
मन मिले हाम्रो यै मथुरा हुन्छ
तिम्ले साथ छोडी बैरी संग मिले
मेरै बारे सधैं खराब् कुरा हुन्छ
मुसायराको सदा जय होस lll
रमेश बिमान
कोरिया l
January 27 at 5:21pm · Unlike · 6
Sabitra Luitel
नमस्कार सम्पूर्ण अग्रज अनि सर्जक्करुमा
जानी नजानी घायलको तरही मुसायरा ३३ मा मेरो सानो प्रयाश :-
स्रिंगारमा सारी अनी चुरा हुन्छ
मैले देख्या सपना अब पुरा हुन्छ !!
घुम्टो भित्र बसे सजिएर कती
प्रेम पनि ईच्छा रेट्ने छुरा हुन्छ !!
मायाँरुपी बिज रोपी छोडी जाँदा
चाहानाको खेति सबै अधुरा हुन्छ !!
म नै गर्छु भलो अखानो त म नै
मेरै बारे सधै खराब् कुरा हुन्छ !!
सबित्राले तिम्रै बाटो हेरी बस्छे
तिमि बिना लाला बाला टुहुरा हुन्छ !!
साबित्रा लुइँटेल घिमिरे
झापा
January 27 at 6:28pm · Unlike · 11
Bhagawati Basnet
घायल तरही मुसायरा ३३
आफू ठुलो सोच्दा अरु भुरा हुन्छ
सत्य बोल तिम्रो चाह पूरा हुन्छ !
सुन्दरता देख्न भित्री आँखा खोल
मेरै बारे सधैं खराव कुरा हुन्छ!!
गलतनै लिन्छौ सधैं मेरो अर्ती
मैले राम्रै बचन् बोल्दा छुरा हुन्छ !!!
नदुखाउ मेरो कोमल यो मुटु
महिलाको हातमा घोच्ने चुरा हुन्छ !!!!
सपना छ तिमीसँगै बाँच्ने सधैं
तिम्रो साथ बिना त अधुरा हुन्छ !!!!!
January 27 at 7:24pm · Unlike · 8
Dilip Rai
घायलको मुसायारा 33अनुसार मैले यसरी कोरे,
मिसरा* मेरै बारे संधै खराब् कुरा हुन्छ ।
काफिया* कुरा ।
रदिफ *हुन्छ ।
गला भरि पोते हातमा चुरा हुन्छ ।
राम्रै बोलि किन आज छुरा हुन्छ ।
कर्तब्यनै गर्दै जाउ तििमि बढ्दै ।
सपना त्यो तिम्रो अनि पुरा हुन्छ ।
जसलाई सम्झे आफ्नै साथ होला ।
टुक्रिएर तर झुरा झुरा हुन्छ ।
जति मैले सत्य बोलि बचन् गर्दा ।
मेरै बारे सँधै खराब् कुरा हुन्छ ।
कसैले त भन्छ आफन्तनै हौकी ।
जस्ले भन्यो त्यही कच्चा भुरा हुन्छ ।
Dilip rai(muskan/
Bhojpur nepal,
January 28 at 2:43am · Unlike · 7
Jane Tamu
घायलको मुसायरा 33अनुसार गजल लेख्ने चेष्टा गरेकोछु प्रतिक्रिया दिनु है ल ।
मिसरा: मेरै बारे सँधै खराब् कुरा हुन्छ
काफिया: कुरा
रदिफ: हुन्छ
लय: मेरै बारे/सँधै//खराब् कुरा/हुन्छ
लय:- ४+२+४+२=१२
तामा तुल्सी/ पञ्चै //खाल जुरा/ हुन्छ%
पाप होकी/ पुण्य //माया पुरा /हुन्छ%
टोल टोल /अनि //गल्लि गल्लि/ किन ,
मेरै बारे /सँधै //खराब् कुरा /हुन्छ%
टुक्रा टुक्रा /पारी //मेरो मुटु /तिम्ले,
फुटी गा'को /फेरी //उही चुरा /हुन्छ%
बद्लेपछि/ त्यही// नौनी जस्तो/ मन ,
बोली पनि /मुटु //रेट्ने छुरा /हुन्छ%
आफू चोखो /बन्न// झुटो "जेन "/भन्न ,
जे जे लाग्छ /तिम्रो //मन्मा फुरा/ हुन्छ%
जेन तमू(gyanendra) धादिङ नेपाल
January 28 at 2:53am · Unlike · 6
Tirtha Yatri Paudel
गजल
आफन्तकै बोलि बचन मुटु घोच्ने छुरा हुन्छ
तड्पाई तड्पाई मर्दा मात्रै अनिस्ठ पुरा हुन्छ//
कती गर्छौ खुरा पाती चोचो मोचो मिलाएर
मैले राम्रो बोले पनि किन खराब कुरा हुन्छ//
बेबरिशे म सडकमा अस्तित्वको खोजी गर्दा
सजिएर रंगी चंगी तिम्रो हातमा चुरा हुन्छ //
आफ्नै सम्झी नजीक पर्दा तर्किएर हिड्छौ किन
मेरो माया जहर भन्छौ उस्को चाहिँ सुरा हुन्छ?
लक्ष सम्म पुग्छु भन्छु खुट्टा तान्ने भेट्छु सबै
आफु सिधा बाटो सोधो काम सबै अधुरा हुन्छ //
तिर्थ"यात्री"पौडेल
January 28 at 4:55am · Unlike · 3
Prakashmani Khanal
*घायल तरही मुसायरा-33* मा मेरो प्रयास....
विदेशीको इच्छा सारा पुरा हुन्छ
आत्मशक्ति घट्यो खुट्टा लुरा हुन्छ
पराधिन भएँ जिन्दगानी मेटी
मेरै बारे सधैं खराब् कुरा हुन्छ
प्रवाशमा खुशी हात थापी लिनु
बिधुवाको जस्तै अनि चुरा हुन्छ
धनिमनी लाई यो जिवन मेरो
जता लग्यो तेतै माछा भुरा हुन्छ
घरगाँऊ बस्ती ईष्टमित्र मेरा
हुँदा पनि "मणि" खै टुहुरा हुन्छ
प्रकाशमणि खनाल ~~मणि~~
गोल्धाप, झापा.
January 28 at 6:55am · Unlike · 4
Pawan Gharti Magar Bibash
घायलको तरही मुसयरामा मेरो प्रयासः-
निर्दयीको मन संधै सुरा हुन्छ।।
इच्छा जती सबै कहाँ पुरा हुन्छ।।
शौभाग्य पो रहे जुनी भरी साथ ,
हातै भरी संधै रातो चुरा हुन्छ।।
राम्रो बनी सदा बाँच्छु भन्दा पनी,
मेरै बारे संधै खराब् कुरा हुन्छ।।
आफ्नै बारे सोच्ने स्वार्थीको त संधै,
मुटू रेट्ने संधै बोली छुरा हुन्छ।।
तिमीले नै साथ छोडे पछि हेर,
"बिवश"को इच्छा सबै अधुरा हुन्छ।।
गुल्मी हाडहाडे
January 28 at 8:07am · Unlike · 6
Starhang Bantawa 'jalan'
"घायलको तरही सुसायरा-३३को निम्ती मेरो सानो कोशीश । हतारमा रचेको हुनाले भाबहरु पनि भिन्न भिन्नै भएपनी आज पोस्ट नगरि मनै मानेन अनी पोस्ट गरे । जदौ "झुत्रेजेठा"
कसैको त बोली भित्र छुरा हुन्छ ।
कोही मान्छे हेर कती सुरा हुन्छ ।।
नेपालीको छोरी तिमी हौ नै भने ।
तिम्रो नारी भरी रातो चुरा हुन्छ ।।
उस्ले भन्दा राम्रो कामगर्दा पनि ।
मेरो बारे सधैं खराब कुरा हुन्छ ।।
जिन्दगानी हाम्रो संघर्स हो सोचे ।
तिम्रो हाम्रो सप्ना हेर पुरा हुन्छ ।।
जैलेपनी सत्य बोल्ने बानी राखौ ।
नत्र सबको सामु खुट्टा लुरा हुन्छ ।।
सगरमाथा शिर झुक्नु दिन हुन्न ।
शिर झुके नेपाल देश टुहुरा हुन्छ ।।
स्टारहाङ बान्तवा "जलन"
झुत्रेजेठा
हाल- यु ए ई
28/01/2012
January 28 at 10:27am · Unlike · 6
Laxman Bhantana Sireesh
*घायल तरही मुसायरा-33*
मिसरा: मेरै बारे सँधै खराब् कुरा हुन्छ
काफिया: कुरा
रदिफ: हुन्छ
लय: मेरै बारे/सँधै//खराब् कुरा/हुन्छ
लय:- ४+२+४+२=१२
"गजल"
साथै भए तिमी यात्रा पुरा हुन्छ
सिँउदोमा सिन्दुर् हात् मा चुरा हुन्छ
बिश्वशमा प्रिती फुली दिन्छ याँहा
घाती संग मुटु रेट्ने छुरा हुन्छ
यो इर्स्यालु बस्ती डाह गर्छ हाम्रो
मेरै बारे सँधै खराब् कुरा हुन्छ
चियो चारचो सधैं हाम्रो जोडी माथी
छुट्ला प्रिती सानु शत्रु सुरा हुन्छ
यी धमिला बिम्ब चम्काउँ है अब
सुख शान्ति मिले ब्याथा भुरा हुन्छ
लक्ष्मण भन्तना "शिरिश्"
अश्रङ-४, गोर्खा
हाल्- अबुधाबी
January 28 at 12:15pm · Unlike · 2
नीरस मैनाली
आफ्नो परिवार सबै छोडी बिदेशमा दुःख गरेर केही आम्दानी गरी सुखसाथ बस्ने हेतुुसाथ आएका बखत आफ्नी प्राणप्यारी श्रीमतीको बारेमा नानाभाती कुराहरु सुन्दा श्रीमानले मनमा अति सन्देह मानी श्रीमतीलाई सम्झाउने प्रयास स्वरुप भनेका कुराहरुलाई नै लिपीबद्ध गरी घायल तरही मुसायरा–३३ मा राख्ने प्रयास गरे । ( मिति :– २०६८।१०।१४ १३००, डार्फर, सुडान )
तिम्रोलागि मेरो बोली छुरा हुन्छ
सम्हालिदै हिड्नु नत्र कुरा हुन्छ
मिली बस्यौं भने सधैभर हामी
तिम्रो मेरो सबै ईच्छा पुरा हुन्छ
जुनीभर साथ दिन दैबले नै
माथिबाटै पात्रो हेरी जुरा हुन्छ
रमाएरै बस्यौं भने यसै गरी
हतैभरी सुनको नै चुरा हुन्छ
कपट त्यो लिदै यदी बस्यौं भने
तिम्रो आफ्नै सत्रु, तिम्रै भुरा हुन्छ
January 28 at 2:47pm · Unlike · 4
Madan Neupane
घायलको तरही मुसायरा -33 बमोजिम मेरो गज़ल यस प्रकार छ |
गजल- कुमार श्रेष्ठ 'यात्री'
मिसरा-मेरै बारे/ सधैं\\ खाराब् कुरा/ हुन्छ |
काफिया- कुरा
रदिफ-हुन्छ
लय-४+२+४+२=१२
नमर्दलाई भन्छन् हातमा चुरा हुन्छ |
मर्दले त आँटे अठोट् पुरा हुन्छ |
मुखमा चैं राम् राम् तिन्को आखिर् किन ?
बगलीमा सधैं काट्ने छुरा हुन्छ |
घाँटी हेरी हाड निल्नु पर्छ नत्र
टुक्रिएर आशा विश्वास् झुरा हुन्छ |
दोष दिनु अघि आफु ऐना हेर!
मेरै बारे सधैं खाराब् कुरा हुन्छ |
'सिङ् बिनाको गोरु तिखे' भने जस्तै
आफु मात्र ठुलो आरु भुरा हुन्छ |
समाप्त
मदन न्यौपाने
चक्चकी-७,झापा
हाल : दोहा कतार
January 28 at 9:09pm · Unlike · 3
Tej Rai
मेरो सिकारु प्रयास घायलको तरही मुसयरा ३३ को लागि। अग्रज ज्यु हरु बाट सुझाब पाउने अपेक्षाले पोस्ट गरेकोछु।
कानुन् मिच्ने अचेल् पैसा छुरा हुन्छ
बिक्छ न्याय अनी सत्य लुरा हुन्छ
धन्को बल्ले स्वर्ग किन्ने जमात् ठुलो
तब मुटु मन्को मुल्य भुरा हुन्छ
आफ्नै जुका सर्प बाटोभरी छ्यास् छ्यास्
हिमाल् पुग्ने सप्ना के को पुरा हुन्छ
लेपन् लाको तामा सब्ले रुचायसि
सुन्को बाला पनि काँच्कै चुरा हुन्छ
बिकृतिमा मुख् चुप् हुन्न तेज् को र'पो
मेरै बारे सधैं खराब् कुरा हुन्छ
Tuesday at 9:30pm · Unlike · 3
Sanjaya Kumar Khadka
तराही मुसायाराको -३३ को लागि मेरो गजल यस्तो रह्यो मित्र हरु :-
मिसरा: मेरै बारे सँधै खराब् कुरा हुन्छ
काफिया : कुरा
सोचेजति सबै कहाँ? पुरा हुन्छ
हुने भए निर्दो पनि सुरा हुन्छ |१|
गलत् बाटो जान खोज्दा कैले काही
सही बाटो बोल्ने उनको चुरा हुन्छ |२|
गरी खान नसक्नेले रिस गर्दा
मेरै बारे सँधै खराब् कुरा हुन्छ |३|
कु-मार्गमा लाग्ने लाई सधै भरी
साँचो कुरा बोल्दा झनै छुरा हुन्छ |४|
सत्य सधै तितो हुन्छ कहाँ पच्छ
समाजमा सत्य बोल्यो भुरा हुन्छ |५|
संजय कुमार खड्का
रामेछाप देउराली -८
Yesterday at 7:27pm · Unlike · 1
Acharya Prabha
अझै पनि तिर्थ भाइले ३३ औँ तरही मुसायराको नियम थाहा पाउनु भएनछ । मात्रा १२ को मात्र हुनुपर्नेमा १६ मात्रामा लेख्नु भएछ र लाइेक पनि पाइेसक्नु भएछ । खै!मन मात्र पराइेदिएर त समस्याको जड् कसरी हल होला र? आँखा त सबैले देखाउनु पर्ने हो भन्छु म त । कँहि कतै त मात्रा छोडेर गन्दा पनि १८/ १९ सम्म पुगेछन् । नियममा ध्यान दिएमा मात्रा तरही मुसायराको दायराभित्र परिन्छ कि ? कि पहिलाको नियम परिवर्तन भएको छ भने म अनभिज्ञ नै रहेछु भन्ने सोँचेर क्षमा प्रार्थी छु ।
Yesterday at 6:07am ·
इमेलबाट प्राप्त गज़ल यहाँ पोस्ट गरेकोछु !
Sajana Gurung
show details Jan 29 (5 days ago)
घायलको तराही मुसायरा ३३ मा पहिलो पटक सहभागी हुनलाई मेरो गजल यसप्रकार छ !
मिश्रा = मेरै बारे सधै , खराब् कुरा हुन्छ !
काफिया = कुरा
रदिफ = हुन्छ
लय = ४+२ +४ +२ =१२
गजल
सास्तीमय यात्रा , कैले पुरा हुन्छ !
समयको सारा , वार छुरा हुन्छ !
मजबुत छु म , नभन है तिमी
अस्मिता यो मेरो , टुट्ने चुरा हुन्छ !
बिदेशमा पसी , केही गर्न खोज्दा
समाजमा मेरै , नियत् बुरा हुन्छ !
लोग्ने बैरी बन्दा , सही हुदाँ हुदै
मेरै बारे सधै , खराब् कुरा हुन्छ !
हिड्न सक्छु पर्दा , आगो माथी पनि
खाँचोरुपी मन , धेरै सुरा हुन्छ !
प्रेषक = सजना गुरुङ
हाल = इजरायल
अलि ढिलो भयो व्यस्तताको कारण मुख्य गज़ल पोस्ट गर्न .........आफ्नो गज़ल उपलब्ध गराइदिनु भएकोमा कुमार श्रेष्ट 'यात्री' जीलाई धेरै धन्यवाद ! उहाँको गज़ल यसप्रकार छ :
गर्छु ठुला कुरा किन भुरा हुन्छ
मेरै बारे सँधै खराब् कुरा हुन्छ ।
तिम्रो सामु मैले नौनी बन्दा पनि
किन तिम्रो बोली झनै छुरा हुन्छ ?
पिताम्बरले बेरी मलाइ घाट लाँदा
तिम्रो आङमा रातो साडी चुरा हुन्छ ।
तिम्रो डोली उठ्दा मेरो अर्थी उठोस्
र त तिम्रा सारा चाहा पुरा हुन्छ ।
तिम्रो डोली उठ्दा जिउँदै बसेँ भने
थाहै होला कुमार झन् अधुरा हुन्छ
कुमार श्रेष्ठ "यात्री"