घायलको तरही मुसायरा-३२
मलाइ समयले साथ दिएको छैन यति बेला .....! आज दिउँसो नै राख्नु पर्ने मुसायरा-३२ भर्खर राख्दैछु ....! के गर्ने चाहेर पनि भनेको समयमा गर्न सकिरहेको छैन ! यसलाई प्रवासको बाध्यता सम्झी माफी दिनु हुनेछ भन्ने आशा गरेकोछु ! ढिलै भएपनि यहाँहरु समक्ष उपस्थित भएकोछु ! मेरो प्रवासी बाध्यतालाई बुझेर संधै झैं साथ दिनु हुनेछ भन्ने आशा राखेको छु ....धन्यवाद !
अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन्
धादिङका स्थाई निवासी बिकाश शाह 'घायल' हाल :दुबई, संयुक्त अरब इमिरेट्समा रोजगारीको सिलसिलामा हुनु हुन्छ ! मरुभूमिको तातो घाममा पसिना पुछ्दै कलम चलाउने युएईका सकृय सर्जक मध्ये एक हुनु हुन्छ बिकाश घायल ! कबिता, गीत, गज़ल, गेडी बिषयमा कलम चलाउने उहाँ युएईका चम्किलो तारा हुनु हुन्छ ! आज उहाँकै गज़लको यो मिसरा-ए-सानी 'बैरीको जालमा चै नपरोस् मेरो देश्' लाइ 'घायलको तरही मुसायरा-३२' मा तरहको रुपमा दिएको छु ! यस पटक मैले हलंत शब्दहरुलाई टाढा राखेर अलि चलेकै तर लय लाइ पेश गरेको छु ! दिईएको मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार १९ जनवरी २०१२ रातको १२:०० बजे (युएई समय+४ अनुसार)
गजल: बिकाश शाह 'घायल'
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
बिकाश शाह 'घायल' जीले 'घायलको तरही मुसायरा-३२' गज़ल उपलब्ध गराएर मुसायारालाई निक्कै ठुलो गुण लगाउनु भएकोछ त्यसको लागि उहाँलाई धेरै धन्यवाद ! उहाँको गज़ल यसप्रकार छ :-
रगतको आलमा चै नपरोस् मेरो देश
बैरीको जालमा चै नपरोस् मेरो देश ||
स्वार्थको खातिर नेताले खेल्ने ति
जुवाको खालमा चै नपरोस् मेरो देश ||
पल्भर् मै संसार बिनाश हुने त्यो
समुन्द्री छालमा चै नपरोस् मेरो देश ||
हजारौ सपुतले आर्जेको बिरता
लुट्नेको चालमा चै नपरोस् मेरो देश ||
करोडौ गरिब नेपाली जनताका
आँशुको तालमा चै नपरोस् मेरो देश ||
बिकाश घायल
रगतको आलमा चै नपरोस् मेरो देश
बैरीको जालमा चै नपरोस् मेरो देश ||
स्वार्थको खातिर नेताले खेल्ने ति
जुवाको खालमा चै नपरोस् मेरो देश ||
पल्भर् मै संसार बिनाश हुने त्यो
समुन्द्री छालमा चै नपरोस् मेरो देश ||
हजारौ सपुतले आर्जेको बिरता
लुट्नेको चालमा चै नपरोस् मेरो देश ||
करोडौ गरिब नेपाली जनताका
आँशुको तालमा चै नपरोस् मेरो देश ||
बिकाश घायल
घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।
वेब साइटको लागि तल क्लिक गर्नु होला
Posted by Unknown
on 10:40 PM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
सुमित्रा पौडेल 'आँचल'
हार्दिक नमन सम्पूर्ण साहित्यिक मनहरुमा ! घायलको तरही मुसायरा ३२ औं सृङ्खलालाई स्वागत गर्दै सफलताको कामना सहित
दिईएको मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||अनुसार
मेरो गजल लेखन प्रयास यस्तो रह्यो ----
गजल ----
रगतको तालमा चै नपरोस् मेरो देश
बन्दुक् को नालमा चै नपरोस् मेरो देश
बिगार्ने सब यो नेता नै भए छन्
जन्ताको गालमा चै नपरोस् मेरो देश
गोर्खाली बीरको नाम छ ठुलो यो
बैरीको जालमा चै नपरोस् मेरो देश
जो जहाँ ,जसले ,जे गरे ,पनि त्यो
जुवाको खालमा चै नपरोस् मेरो देश
महान विभूति जन्मिए यही नै
अध्यारो कालमा चै नपरोस् मेरो देश
प्रकृति प्रकोप लागे नी सहुँला
समुन्द्री छालमा चै नपरोस् हाम्रो देश !!
सुमित्रा पौडेल ''आँचल'' भरतपुर चितवन
हाल --इजरायल
Starhang Bantawa 'jalan'
घायलको तरही मुसयारा ३२ मा केवल सहभागिता हुने हेतुले एकैछिनमा तयार पारेको गजल पेश गर्दैछु । "झुत्रेजेठा"
सुनामी छालमा चै नपरोस् मेरो देश ।
आँशुको तालमा चै नपरोस मेरो देश ।।
गुलाम बिनाको यो हाम्रो राम्रो भुमी ।
अरुको गालमा चै नपरोस मेरो देश ।।
विश्वामा मानिएको नेपाल सुन्दर छ ।
शिसाको थालमा चै नपरोस मेरो देश ।।
सुन्दर शान्त हाम्रो स्वादेश प्यारोछ ।
बैरीको जालमा चै नपरोस् मेरो देश ।।
जहिल्यै नमर्ने यो बुद्दको जन्म ठाउँ ।
राहुँको कालमा चै नपरोस मेरो देश ।।
"झुत्रेजेठा"
14/01/2012
Bikash Ghayal
घायलको तरही मुसायरा ३२ औ अंकमा मेरो गजल लाई स्थान दिनु भइ मेरो साहित्यक यात्रामा गति थपिदिनु हुने गजल गुरु श्री दलबीर सिंह बराइली "घायल" ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु ! साथै यस ऐतिहासिक कार्यमा साथ दिदै आउनु भएका तमाम गुरु, अग्रज लगायत सम्पूर्ण साहित्यक मनहरु प्रति ह्रदय देखि नै धन्यवाद टक्राउन चाहन्छु !जसरी यहाँ हरुको साथ पाएर घायलको तरही मुसायरा ३१ औ भाग सम्म सफलता पूर्वक सम्पन्न हुँदै आएको छ , त्यसरी नै हजारौं लाखौँ अंक सम्म पनि सफलताका साथ सु - सम्पन्न हुँदै जाओस् भन्ने कामना गर्दछु !
Nirmala Khadka
घायलको तरही मुसायरा ३२ औं श्रृखलाको सफलताको कामना सहित ।
मैले यसरि लेख्ने प्रयाश गरे ..शायद नियम बिपरित छ तर पनि यहाँ राख्न मन लाग्यो ।
गल्ती भए माफी पाँउ ।
गजल: बिकाश शाह 'घायल'
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
नक्षत्रे कालमा चै नपरोस मेरो देश ।
दुष्टको चालमा चै नपरोस मेरो देश ।।
रगत सिंचेर लेखे पुर्खाले इतिहास ।
युद्धको खालमा चै नपरोस मेरो देश ।।
संसारले चिन्छ "शान्ति दुत" जन्मेको ठाउँ ।
हिंसाको तालमा चै नपरोस मेरो देश ।।
गोर्खालीका सन्तान बीरताको गाँथा हाम्रो ।
बैरीको जालमा चै नपरोस मेरो देश
प्रकृतिको बरदान, सौन्दर्य छ बलेको ।
लिलामी मालमा चै नपरोस मेरो देश ।।
निर्मला खडका
भैरहवा ( हाल इजराइल )
Indra Narayan Chongbang
"आजको नेपाली गजल लेखनमा आएको समस्या भनेको मौलिक गजल नैहो , यो विरोधाभासी शब्द प्रयोग गर्दै छु .. बास्तबमा मेरो एकल विचार भनेको स्वकीय गजल कोरियुन नेपाली गजल आकासमा , म दलबीर जी लाई गुरुको रुपमा हेर्दछु यो मेरो निजि विचार हो ,.. अबका गजलहरु एक बाट अर्को गजल पूर्ण रुपमा भाब र संरचनामा भिन्नता आउन भन्ने धारणा राख्ने गर्दछु , एउटै शैलीका गजल ले गर्दानै गजल गुणात्मकतामा ह्रास आएको हो भन्ने मेरो ठहर छ" तरही मुसायरा-३२ लाई शुभकामना ..सेवारो गुरु
श्रेष्ठ बसु
घायल तरही मुसायरा को ३२ सौं श्रंखला मा मेरो प्रयास
मिसरा:वैरीको जालमा चै नपरोस् मेरो देश्
सुनामी छालमा चै नपरोस् मेरो देश्
शत्रुको खालमा चै नपरोस् मेरो देश् !!
मायाछ मलाई आफ्नो यो माटोको
वैरीको जालमा चै न परोस मेरो देश् !!
नचाउन् थाल्छन बौरुपी नेताले
नौटंकी तालमा चै नपरोस् मेरो देश् !!
गोर्खाली सैनिक वीरको प्रतीक
कछुवा चालमा चै नपरोस् मेरो देश् !!
जलको श्रोत ले धनी छ नेपाल
माग्नेको हालमा चै नपरोस् मेरो देश् !!
बसु श्रेष्ठ
Bhagawati Basnet
घायल तरही मुसायरा ३२
गजल: बिकाश शाह 'घायल'
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
संकट कालमा नपरोस मेरो देश
अर्काको तालमा चै नपरोस मेरो देश
मोहनी रुप छ प्रकृति छ्टाको
पराईको रालमा चै नपरोस मेरो देश
मेटाउन खोज्छन पुर्खाको चिनारी
बैरीको जालमा चै नपरोस् मेरो देश
बन्द र हड्ताल द्वन्द छ सधैं नै
दुष्टको जालमा चै नपरोस मेरो देश
विविध संस्कृति हाम्रो हो चिनारी
बिदेशी खालमा चै नपरोस मेरो देश
Jane Tamu
घायल मुसायरा32 अनुसार देहायबमोजिम छ ।
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
सुनामी छालमा चै नपरोस् मेरो देश्%
कु- नामी खालमा चै नपरोस् मेरो देश्%
दुस्मन या मित्र भारत र चिन ,
तिनकै ढालमा चै नपरोस् मेरो देश् %
लडाई र हिंसा भो धेरै फेरी ,
खुनको तालमा चै नपरोस् मेरो देश् %
प्राथाना छ मेरो पशुपति नाथको ,
बैरीको जालमा चै नपरोस् मेरो देश् %
मुहार फेरीयोस् देशको अब लौ ,
पुरानै हालमा चै नपरोस् मेरो देश्%
जेन तमू (gyanendra)धादिङ नेपाल
Sanjaya Kumar Khadka
तराही मुसायारा -३२ को लागि मेरो गजल यस्तो भयो मित्र हरु सल्लाह सुझाब पाउ |
मिसारा : बैरी को जालमा चै नपरोस मेरो देश
रगतको तालमा चै नपरोस मेरो देश
भिकारी चालमा चै नपरोस मेरो देश |१|
संबिधान् बन्ने दिन् कुरेर बस्दा झन्
संकट कालमा चै नपरोस मरो देश |२|
बीर ती पुर्खाले आर्ज्येको सम्पति
बैरी को जालमा चै नपरोस मेरो देश |३|
सुन्दर नदी र हिमाल हाम्रो त्यो
कवाडी मालमा चै नपरोस मेरो देश |४|
भाग र बण्डाको फन्दामा परेर
जुवाको खालमा चै नपरोस मेरो देश |५ |
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब
Laxman Bhantana Sireesh
मुसायरा32
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
बन्दुक को नाल मा चैं नपरोस मेरो देश्
रगत को तालमा चैं नपरोस मेरो देश्
उपहार स्वर्गको पबित्र यो भुमि
जुवाको खालमा चैं नपरोस मेरो देश । ।
गोर्खाली बिरता ताजै छ इतिहाँस्
बैरिको जालमा चैं नपरोस मेरो देश । ।
लुकेक छैनन नि शान्तिका ति बुद्द
बद्नामी गालमा चैं नपरोस मेरो देश । ।
फुतेसी भातृत्व लुट्नेको बिग्बिगी
समान्ती चालमा चैं नपरोस मेरो देश । ।
लक्ष्मण भन्तना "सिरिष'"
अश्रङ-४, गोर्खा
हाल्- आबुधाबी
Dilip Rai
घायलको मुसायरा 32 अनुसार मेरो गजल यस प्रकार रहयो ।
मिसरा -बैरिको जालमा चै नपरोस् मेरो देsha ।
काफिया - जालमा
रदिफ - चै नपरोस मेेरो देश् ।
घिनौनि आलमा चै नपरोस् मेरो देश ।
संकट कालमा चै नपरोस् मेरो देश् ।
नेपाल सरकार बन्दैछ भर्खर ।
नाबन्दै गालमा चै नपरोस् मेरो देश् ।
नेताको गनथन हुंदैमा मन्थन ।
नामर्द खालमा चै नपरोस् मेरो देश् ।
बिरहरू कहलिने हाम्रो नेपाल् ।
बैरिको जालमा चै नपरोस मेरो देश् ।
खिचातानि हन थाप गर्द गर्दै!
बिदेशि चालमा चै नपरोस मेरो देश् ।
दिलिप राइ( मुस्कान)
भोजपुर नेपाल//
Kalpana Awasthi
जुवाँको खालमा चै नपरोस् मेरो देश्
नेताको कालमा चै नपरोस् मेरो देश्
फलोस फुलोस बनेर कोपिला
चैतको सालमा चै नपरोस् मेरो देश्
बनोस देश यो शान्ति त्यो आएर
बैरीको जालमा चै नपरोस् मेरो देश्
सागर जसरी सबैलाई समेटोस्
आँशुको तालमा चै नपरोस् मेरो देश्
रगतले बन्यो देशको ईतिहास
बन्दुकको नालमा चै नपरोस् मेरो देश्
Ratan Bdr Bk · 16 mutual friends
आदरणिय दाजु घायलको तरही मुसायरा ३२ मा मेरो प्रायस यस प्रकार दर्शाउँदै छु।
गजल:-बिशाल शाह"घायल"
मिसरा:-बैरीको जालमा चै नपरोस् मेरो देश्
काफिया:-जालमा
रदिफ:-चै नपरोस् मेरो देश्
लय:-३+३+३+३=१२
लिलामी मालमा चै,नपरोस् मेरो देश्
खुनको तालमा चै,नपरोस् मेरो देश्
ल्याउँछन रे माग्दै डलरहरु,
हरी कंलामा चै,नपरोस् मेरो देश्
निल्छन रे साना मुलकलाई ठुलाले,
तिन्कै थालमाचै,नपरोस् मेरो देश्
खेल्छन् शासन तास झै नेताले,
बैरीको जालमाचै,नपरोस् मेरो देश्
जित्यो नि बन्दुकले सत्ता हजुर,
फेरि त्यै नालमा चै नपरोस् मेरो देश्
अतृप्त कमल
गजल: बिकाश शाह 'घायल'
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् |
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
रगतको छालमा चैँ नपरोस् मेरो देश्
भ्रष्टको खालमा चैँ नपरोस् मेरो देश्
आमाको चोट् हेरि बस्दैन यो छोरो
पछौटे हालमा चैँ नपरोस् मेरो देश्
म सक्छु सहन भोक प्यास् अनिन्द्रा
शोसकको र्यालमा चैँ नपरोस् मेरो देश्
चिनोस् यो बिश्वले स्वतन्त्र नेपाल
बैरीको जालमा चैँ नपरोस् मेरो देश्
.चँन्द्र र सुर्य झैँ अजर र अमर होस्
भोगीको थालमा चैँ नपरोस् मेरो देश्
तरही मुसायरामा सहभागिता जनाउँनु भएका सम्पुर्ण इष्टमित्रहरुमा बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्दै,सहभागिताको अवशर प्रदान गर्नुहुने दलबीर सरलाई हार्दिक धन्यबाद भन्न चाहन्छु।
मेरा सेरहरु कहिँ कुनै सर्जकका सेरहरुसँग जुध्न गएको खण्डमा माफी चाहन्छु।
धन्यबाद!!
Madan Neupane
घायलको मुसायरा 32 अनुसार मेरो
गजल यस प्रकार छ | हजुरहरु सामु..
गजल: बिकाश शाह 'घायल'
मिसरा: बैरीको जालमा चै नपरोस् मेरो देश् ||
काफिया: जालमा
रदिफ: चै नपरोस् मेरो देश्
लय: बैरीको /जालमा चै// नपरोस् /मेरो देश्
लय:- ३+३+३+३=१२
नेताको रालमा चैं नपरोस् मेरो देश्
फोहोरी गालमा चैं नपरोस् मेरो देश् ||
जो जो छन् खाराब् ति सबै नै हटाउं
छिमेकी ढालमा चैं नपरोस् मेरो देश् ||
क्रान्तिले दियो के ? मासियो भातृत्व
बन्दुक्को नालमा चैं नपरोस् मेरो देश् ||
चलाउनै जानेनौ ढलाउनै नखोज
पराइ खालमा चैं नपरोस् मेरो देश् ||
निचोरी चिथोरी बनायौ दुर्गति
बैरीको जालमा चैं नपरोस् मेरो देश् |
समाप्त
मदन न्यौपाने
चक्चकी-७,झापा
बिकाश शाह 'घायल' जीले 'घायलको तरही मुसायरा-३२' गज़ल उपलब्ध गराएर मुसायारालाई निक्कै ठुलो गुण लगाउनु भएकोछ त्यसको लागि उहाँलाई धेरै धन्यवाद ! उहाँको गज़ल यसप्रकार छ :-
रगतको आलमा चै नपरोस् मेरो देश
बैरीको जालमा चै नपरोस् मेरो देश ||
स्वार्थको खातिर नेताले खेल्ने ति
जुवाको खालमा चै नपरोस् मेरो देश ||
पल्भर् मै संसार बिनाश हुने त्यो
समुन्द्री छालमा चै नपरोस् मेरो देश ||
हजारौ सपुतले आर्जेको बिरता
लुट्नेको चालमा चै नपरोस् मेरो देश ||
करोडौ गरिब नेपाली जनताका
आँशुको तालमा चै नपरोस् मेरो देश ||
बिकाश घायल