कि त तिम्ले जीत, कि हार स्वीकार I
कि त तिम्ले जीत, कि हार स्वीकार
कि त जिन्दगी यो, कि प्यार स्वीकार
सक्छौ भने तिमी, बिष दिइ मार
कि त कुमारको, घर-बार स्वीकार
दुई डुङ्गामा पो, खुट्टा राख्छौ किन ?
कि त यौटा डुङ्गा, आधार स्वीकार
कती दिन चल्छ, एक्लो जिन्दगी
कि त पराइको, संसार स्वीकार
दोष किन दिन्छौ, भन्दै अभागी
कि त भाग्यमानी, निधार स्वीकार
जस्तै परे पनि, आफ्नै ठान्नेछु
अझै भन्छु मेरै, संघार स्वीकार
तिम्ले सोचे जस्तो, कहाँ छु र म
कि त तिम्ले पैदल, कि कार स्वीकार
किन तिमी सँधै, यता उता नि?
कि त प्रिन्स कि त कुमार स्वीकार
--
-कुमार श्रेष्ठ "यात्री"
-प्रिन्स प्रकाश शाही
कि त जिन्दगी यो, कि प्यार स्वीकार
सक्छौ भने तिमी, बिष दिइ मार
कि त कुमारको, घर-बार स्वीकार
दुई डुङ्गामा पो, खुट्टा राख्छौ किन ?
कि त यौटा डुङ्गा, आधार स्वीकार
कती दिन चल्छ, एक्लो जिन्दगी
कि त पराइको, संसार स्वीकार
दोष किन दिन्छौ, भन्दै अभागी
कि त भाग्यमानी, निधार स्वीकार
जस्तै परे पनि, आफ्नै ठान्नेछु
अझै भन्छु मेरै, संघार स्वीकार
तिम्ले सोचे जस्तो, कहाँ छु र म
कि त तिम्ले पैदल, कि कार स्वीकार
किन तिमी सँधै, यता उता नि?
कि त प्रिन्स कि त कुमार स्वीकार
--
-कुमार श्रेष्ठ "यात्री"
-प्रिन्स प्रकाश शाही