गज़ल(?)बिहानै अँध्यारो देखिन्छ कसरी
बिहानै अँध्यारो देखिन्छ कसरी
आशाको लाली त्यो छेकिन्छ कसरी
जंगल बीचको बोट झैं जिन्दगी
धोकाको छाँयाले सेपिन्छ कसरी
सुनौलो दिनमा रम्न नै नपाई
कालो त्यो रातले रेटिन्छ कसरी
यो कस्तो बन्धन भाग्न म सक्दिन
अन्जान व्यथाले जेलिन्छ कसरी
अमुल्य माया नि लिलामी भयो रे
'घायल' हेर त बेचिन्छ कसरी
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स
आशाको लाली त्यो छेकिन्छ कसरी
जंगल बीचको बोट झैं जिन्दगी
धोकाको छाँयाले सेपिन्छ कसरी
सुनौलो दिनमा रम्न नै नपाई
कालो त्यो रातले रेटिन्छ कसरी
यो कस्तो बन्धन भाग्न म सक्दिन
अन्जान व्यथाले जेलिन्छ कसरी
अमुल्य माया नि लिलामी भयो रे
'घायल' हेर त बेचिन्छ कसरी
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स