लघुकथा:-घुर्की
स्वप्निल नीरव
छुनमुने,साह्रै मिठो ३ वर्षे बालक/ रोइदिए संगै रुने, हाँसे आँखाभरी आँसु तप्काएर पनि खितितित्त हाँस्न सक्ने/ ५ मिनेट यसबाट अलग्गिन पनि मुस्किल/
बाल सुलभ बदमासीहरु उसका पनि थिए/ उसले बदमासी गर्यो भने म भन्थे-ममीले भनेको मानेनौ भने म ऊ त्यो पोखरीमा हामफालेर मर्छु/ मर्छु भनेको सुनेपछि मलाई फकाउदै ऊ 'ममी बदमासी गर्दिन है' भन्दै म'मा टाँसीन्थ्यो/
एकदिन म कम्प्युटरमा गेम खेल्दै थिए/ उसले अनुजको जस्तै खेलौना किन्दिनु भन्दै जिद्दी गर्दै थियो/ मैले भोलि किनिदिन्छु भन्दै सम्झाए/ उसले आजै भनेर जिद्दी गर्यो/ म कम्प्युटरमै हराइरहे/ ऊ घुर्की लगाउदै- किनिदिनु नत्र पोखरीमा हम फालेर मर्छु भन्दै बाहिरियो/
त्यसको १० मिनेट पछि उसको साथी अनुजले चिच्यायो-आन्टी विनय पोखरीमा डुब्यो/
त्यहाँ पुग्दा विनयको लास पोखरी किनारमा लड़िरहेथ्यो /
Posted by Unknown
on 5:24 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0