मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741
150th YO SANJH YO SUBASH
नेपाली गजल बाचनहरु -:
रेखा घिमिरेको 'खुशी' भिडियो
गजल - १९०
आनन्द श्री श्रेष्ठ
भन्दिन म जिन्दगीमा कैले पनि हार हुन्न
दुईले दुईलाई गुणन गर्दा कैले काँही चार हुन्न
पानी मूनी लुक्ला मान्छे, हावासँगै उडी जाला
लुकी-लुकी भागे पनि मनको दु:ख पार हुन्न
चन्द्रमामा प्युने पानी छ कि छैन खोजी सके
जे गरे नि एक हप्तामा कतै आठौँ बार हुन्न
प्रेयसीको माया यस्तो गाँजाले झै लठ्ठ्याउँछ
स्पर्शमा बत्ति बल्छ तर त्यहाँ तार हुन्न
नगरबधु दिनमा यौटा अर्कै सँग हुन्छे रातमा
मान्छे जति फेरे पनि एकापसको जार हुन्न
फलको आशमा आशेहरू पञ्चबली चढाउँछन्
खुर्सानीको होममा पनि किन कुनै खार हुन्न ?