बाघ मर्ने गुड्डी चल्छ ----गजल
सुमित्रा पौडेल 'आँचल'
बाघ मार्ने गुड्डी चल्छ न स्याललाई ताक्छन् यहाँ
बम हान्ने बीर भन्छन् बोतल देख्दा भाग्छन् यहाँ
काग बोल्छ पिना सुक्छ मौका आए पर्खिदैन
झुसिल्किरा मुन्टो टेक्दै ठाडा हुँदै जाग्छन् यहाँ
यो दुनियाँ मरे मर्छ मर्ने चोला भन्दै आज
दिन दु;खि को भन्छ र ? स्वार्थ तिरै लाग्छन् यहाँ
खोजी खोजी रोजी रोजी खल्ती मात्रै भर्ने भए
आफैले नै बनाएको नियम कानून नाग्छन् यहाँ
एकतामा जुट्ने हैन होडबाजी को लहर चल्यो
मानवीय चरित्रको हेर कति दाग्छन् यहाँ
अविवेक अनैतिक्ता बढ्न थाल्यो कति कति
आफ्नो गोडा आफै काट्न कर्द पनि माग्छन् यहाँ
बाघ मार्ने गुड्डी चल्छ स्याल आए भाग्छन यहाँ
बम हान्ने बीर भन्छन् बोतल नि ताक्छन् यहाँ !!
भरतपुर चितवन
हाल ;;- इजरायल
