ए नेताजी
तिर्थ यात्री पौडेल
तिमी सत्ताको भाग बन्डा गर्दैछौ
के देश तिम्रो पेवा हो वा दाइजो हो
सामन्तको भुस्वामीत्व तिम्रो
चिन्ताको बिषय भयो,संबिधान बनाउने
काम बन्द गरे देश दौडाहा गर्यौ
करोडौ उडायौ आकाशमा
तिमै आलिशान महलको बलेशिमा
के भइ रहेछ देख्यौ नेताजी
सरकारी ढुकुटीमा तान्डब नाचौ
आफ्ना खेतालाहरूलाई
चित्त बुझ्दो निमेक दियौ
कुण्डले मुण्डले झ्याप्लेहरु
अगाडी पछाडी लगायौ
नन्दी भ्रिंगी झै
रमायौ तारे होटलमा
हुस्की, चुस्की, सुन्दरीसंग
त्यसै बेला तिम्रो आँगनमा
के हुदैछ हेर्छौ नेताजी
तिमी जस्तै बिबेहिन काम भोगीहरुको
उन्मातको प्रतिफल त हैन यो?
डिस्को तीर रमाउदको
परिणाम त हैन नेताजी?
तिमी जनताको पसिना ढकार्दै
सडकमा साइरन उराल्दै दगुर्दा
यता परेनन तिम्रा कुटिल नजरहरु
यिनका नाममा लगाइएको
डलरको खेति आजकल
भण्डारण काँहा हुदै छ नेताजी
तिमीहरु अधिकारका नाममा
सबैलाई सडकमा ओराल्दै छौ
हलियाको नाममा,कादम्बरी नाममा
देबकिका नाममा,
छि कती घिन लाग्दो राजनीति नेताजी
नेताजी
अब यो फोहोरी खेल बन्द गर
समाजको ब्यबस्थापन गर,
यी यो पशु र मानिस बिचको
अन्तर छुट्याई देउ //
तिर्थ"यात्री"पौडेल
