यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लघुकथा:-अर्को जूनी


बसन्त कुमार श्रेष्ठ 'क्षितिज'

"एँ बा "
"किन ?" 
"बा,हाम्रो घरमा बत्ति कहिले बल्छ ?"
"मिटर जोडे पछि"
"मिटर कहिले जोडिन्छ ?"
"पैसा भए पछि"
"पैसा कहिले हुन्छ ?"
"खै थाहा छैन्"
"भननुस् न ?"
"अर्को जुनिमा ।" फाटेको सयौ ठाउँमा टालिएको कोटको प्वालमा औंला घुसार्दै बोल्यो । 
"अर्को जूनी पाउन ?"
"मर्नु पर्छ ।"झोकिदै बाउ बोल्यो । 
"एँ" भन्दै छोरा सुत्न गयो ।
............
.............

बिहान बुढो बा खाबा समाइ रुदै देखियो । छोराको लाश आँगनमा सेतो तन्नाले ढाकिएर राखिएको थियो । छेउमै उसको पुरानो केही कपडा पत्रिकामा पोको पारिएको थियो जहाँ राखिएको लोड सेडिङ्गको तालिकालाई हावा हल्लाइ रहेको देखिन्थ्यो । 

मङ्सिर मसान्त ०६८          

Posted by Unknown on 7:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लघुकथा:-अर्को जूनी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011