,,,,,,गजल,,,,,,,( बन्द छिन् चाँदनी...........!)
पोस्टराज चापागाई
पौषको रातमा मन्द छिन् चाँदनी...
मेघको देशमा बन्द छिन् चाँदनी...
व्योमको थालकी , तन्दुरी झैं हुँदै
राहुको भोकमा बन्ध छिन् चाँदनी...
भानुको पारिलो बाहुको यादमा
टोलिंदै तारिका गन्दछिन् चाँदनी...
षोडशी अङ्गमा पूर्णिमा लच्किंदा
बैंशको मातले अन्ध छिन् चाँदनी...
चञ्चला मेघ त्यो प्यारमा रङ्गिदा
पद्म झैं श्वेत नै धन्न ! छिन् चाँदनी...
लालिमा 'राज' भै, बाफिला ओठले
चुम्दिंदा लाज भो ! भन्दछिन् चाँदनी...
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
२०६८-०८-२८
कीर्तिपुर
