गज़ल:-अन्तिममा आफ्नो शत्रु घरकै हुन्छ होला
सुमन श्रेष्ठ
अन्तिममा आफ्नो शत्रु घरकै हुन्छ होला
तिम्रो सिउँदो रंग्याउने अर्कै हुन्छ होला
इश्वरको झैँ तिम्रो मन जित्दा पै'लो चोटि
तिम्रो मन्दिर मेरो घर खरकै हुन्छ होला
हिंड्दै जाँदा उकालीमा एकदिन कहिंकहीं
शितल छाँया पिपलु र वरकै हुन्छ होला
एकदिन त छुट्नुपर्ने थाह छ र पनि
तिमीसँग छुट्न मलाई चर्कै हुन्छ होला......
