"बाटो देखायौ जिन्दगिको "

बाटो देखायौ जिन्दगिको आभार भो जिन्दगी यो
जस्तो सिकायौ उस्तै सिके साभार भो जिन्दगी यो !!
कोही किन्ने कोही बेच्ने रोजगारको नाम दिदै
मुल्य तिरी आँफै बिक्ने ब्यापार भो जिन्दगी यो !!
शिर झुक्छ आदेशमा थुक्क साला कस्तो जुनी
नुनको सोझो गर्नै पर्यो लाचार भो जिन्दगी यो !!
पूर्ती भन्दा माग ठुलो जिन्दगिको आवस्यक्ता
समेट्न नै नसकिने आकार भो जिन्दगी यो !!
मरिन्छ कि?पिल्सिएर अभाबको भुंग्रो भित्र
नुन जोड्यो तेल हुन्न हाहाकार भो जिन्दगी यो !!
जीतु खड्का(गाउले)
मोरङ उर्लाबारी
