गज़ल:-महेश्वर जीको आगामी एल्बमको लागि
यो गज़ल महेश्वर जीको आगामी एल्बमको लागि उहाँकै बिशेष अनुरोधमा लेखेको हुँ ...! गज़ल पारखी अग्रज मित्र तथा पाठक ज्युहरुलाई कस्तो लाग्यो सुधार्नु पर्ने केहिछन् कि देखाइदिनु हुन हार्दिक अनुरोध गर्दछु !
कहाँबाट कहाँ आज खस्यो जिन्दगी यो
निर्मोहीको झुठो जालमा पर्यो जिन्दगी यो
मिठा मिठा सपना ति आँशु बनी झर्यो
त्यै आँशुको भेलसँगै बग्यो जिन्दगी यो
बैगुनी ए कस्तो आगो लायौ बिश्वासमा
दन्किएको त्यै आगोमा जल्यो जिन्दगी यो
पत्थर झैं तिम्रो मन कहाँ पग्लिथ्यो र ?
त्यसैले पो जिउँदैमा सड्यो जिन्दगी यो
'घायल'छु दु:खै-दु:ख पाएँ उपहारमा
दैवले नि किन यस्तो रच्यो जिन्दगी यो
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
कहाँबाट कहाँ आज खस्यो जिन्दगी यो
निर्मोहीको झुठो जालमा पर्यो जिन्दगी यो
मिठा मिठा सपना ति आँशु बनी झर्यो
त्यै आँशुको भेलसँगै बग्यो जिन्दगी यो
बैगुनी ए कस्तो आगो लायौ बिश्वासमा
दन्किएको त्यै आगोमा जल्यो जिन्दगी यो
पत्थर झैं तिम्रो मन कहाँ पग्लिथ्यो र ?
त्यसैले पो जिउँदैमा सड्यो जिन्दगी यो
'घायल'छु दु:खै-दु:ख पाएँ उपहारमा
दैवले नि किन यस्तो रच्यो जिन्दगी यो
दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
