"यो नशा भित्र बगेको रगत"
यो नशा भित्र बगेको रगत तिम्रो नि जस्तो मान्दथे म त
मायालु भाव पोखिदा खेरि मेरै हौ भनी ठान्दथें म त
अध्यारो भित्र उज्यालो खोज्दा तिमीले दिप जलाको देखें
प्रेम हो धन त्याग हो जीवन भनेर तिम्लाई छान्दथे म त
कोपिला फूलका सुन्दर थिए नफुली किन झर्दैछन् आज
देखेर तिम्रो मुस्कानी ओठ आत्माको कुरा जान्दथे म त
चुक्यौ कि कतै देख्दैछु खिन्न यो मुटु पनि भएछ भिन्न
पौडदा तिमी यो दिल भित्र खुशीले तिम्लाई बान्दथे म त
भ्रममा रै'छु ' यो झुटो संसार कसरी बिश्वास गरु खै अब
ढुंगालाई पुजा गर्नु त्यो भन्दा प्रेम नै ईश्वर भन्दथे म त !!
सुमित्रा पौडेल
भरतपुर चितवन
हाल ;--इजरायल