फेस बुक सम्बधी केही मुक्तकहरु
बिबेक दुलाल छेत्री "दमक"
फेस बुक(१)
तिम्रो भाबनालाई मैले फेस बुकमा भेटे
तिम्रो श्री ङ्गारलाई मैले फेस बुकमा देखे
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि
"सुखी रहनु सधैं" मले फेस बुकमा लेखे।
फेस बुक(२)
फोहरको ढल होइन फेसबुक
बिग्रिएको कल होइन फेसबुक
लोभ लाग्दो बिहानको झुल्के घाम हो
जाल,झेल,छल होइन फेसबुक।
फेस बुक(३)
तेल पेलाउन यहाँ भट्मास होइन तोरी हुनसक्छ
देश खाडल पार्नमा मुख्य हात घुस खोरी हुन सक्छ
अब हौसेर आफ्नो रचना नपस्के पनि भयो
होसियार तपाईंको सिर्जना फेस बुकबाट चोरि हुन सक्छ।
फेस बुक(४)
नचाहेर पनि फेस बुक अनुहार भरी खत र टाटो नहोस्
नचाहेर पनि फेस बुक इर्श्या अनी असन्तुस्टिको पाटो नहोस्
कोही तपाईंको गतिबिधिलाई सङ्कलन त गरिरहेको छैन
नचाहेर पनि फेस बुक सुम धुर सम्बन्धको फाटो नहोस्।
फेस बुक(५)
मनभित्रका समस्त बिचार समेटेको मिठो बा त हो फेसबुक
सधैं हिडि रहु जस्तो मायालु जुनेली रात हो फेसबुक
तर देखेर पनि नदेखेको अभिनय गर्नेहरुको लाम देख्दा
हिच्किचाएर नि भन्न कर लाग्छ अभिमानको खात हो फेसबुक।
फेस बुक(६)
समाचार निकै ताजा थियो
मलाई प्रसङ्शा ज्यादा थियो
ल्याप्टप खोली सुते रात भर
फेसबुक मात्र खुला थियो।
अस्तु:
वास्तविक नाम:भनु भक्त दुलाल
दमक्,झापा
हाल:यु ए ई,अबुधाबी।



