यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

धाराबाहिक कथा:- 'शिला-७' चाँदनी र शिलाको भेट अनुपमको बिदाइ

इन्द्रेणी शर्मा ´जलद´

------ ´´शिलादिदी हजुरको कुरा सुनें धेरै दुःख लाग्यो / नेपाली नारीको कथा ब्यथाको प्रतिनिधि पात्र बन्नुभएको रहेछ / मानिसको जीवनका यिनै संघर्षको धरातलमा मानिसको पहिचान हुन्छ दिदी होइन र ?´´ ´
------ ´´ हो त चाँदनी, तर तिमीले आफ्नो बिगतको बारेमा कही पनि सुनाइनौ त ? हरेक नारीको केही न कही पीड़ा र कुण्ठा हुन्छन फेरी आफ्नो पारीवारिक कुरा पनि कहिल्यै सुनाइनौ बताइनौ के तिमी संग सधै ख़ुशी नै ख़ुशी रह्यो त ?कदापि रहेको छैन तिमीले भन्न नखोजेकी मात्र हौ कसो ?´´
------- ´´शिला दिदी हजुरलाई कसरी भनुं मेरो जीवन पनि हजुरको जस्तै धागोंबाट चुडेको चंगा समान थियो हजुरलाई त चेतन बाबुले संरक्षण दिनुभयो / एक संतानकी महान आमा बन्नु भयो तर मेरो जीवन कस्तो रह्यो कसरी सुनाऊं ? दिदी कसरी ? हो दिदी, एक जना सरकारी कर्मचारीको घरमा काम गर्दथें उनको श्रीमती अचानक बिरामी भएकोले सारा काम गरें एकदिन राति मेरो सामु उनले आफ्नो सारा कुरा बताए अब आफ्नी श्रीमति बाट सन्तान नहुने कुरा सुनाए धेरै सब्दजालमा पारें जसरी बिष्णु भगवानले जालन्धरकी श्रीमती वृन्दाको सत्य डगाए उसै गरि उनको मायाबी संसारमा म आफ्नो जीवन सुम्पिन पुगेछु म गर्भवती भएको महसुस भयो म उनकै घरमा बसें श्रीमतीको आँखा छलेर मेरो सामु आफ्नो गोप्य जीवनका कुरा सुनाउथे केही खुशी देखिन्थें कहिले पिडा बोकेर आएको बेला मेरो सरिरसंग हराउथे,हो दिदी पुरुषले आफ्नो स्वार्थ पुरा गर्नलाइ जे जस्तो पनि खतरा मोल्दछ ,आखिर सन्तान हुने बित्तिकै मलाइ एकजना मानिसको साथ् लगाएर पठाए / सन्तान आफुले राखेर कस्तो भए होला त्यो सानो रगतको बच्चा भए पनि ९/९ महिना गर्भमा राखें पापीले आमा र छोरालाई छुट्टायो कम्ति रोइन दिदी म ?अनि बेहोस पनि भएछु ´´
----- ´´ धेरै मार्मिक कुरा सुनायौ चाँदनी बहिनी तिमीले / कस्तो वास्तविक काहनी ? धेरै नारीहरुका यस्तै पीडादायी कारुणिक कथा ब्यथा छन आज तिमीले अनुपम दाइलाइ पनि यो कथा सुनाउनुपर्छ उहा पनि नारीवादी साहित्यकार हुनुहुन्छ / सुन्यौ चाँदनी बहिनी ? हुनसक्छ, तिम्रो छोरालाई पनि भेटाइ दिन पनि सक्नुहुनेछ / सोच सम्झ यदि मेरो जीवनको कथा नबताएको भए मेरो पहिचान हराउने थियो समय छ उहाँ बजार जानुभएको अब त बाटोमा आउदै हुनुहुन्छ होला मैले चिया पनि बनाउछु हेर चेतन बाबुले घर छोडे पछी रानो बिनाको घार बनेको छ यो घर उता शिलाजित घर नआएको पनि महिनौ भयो खै कस्तो दशा लागेको जे होस् भगवानले एकजना सहयोगी पठाई दिनुभएको छ अब आजभोलिमा जादै हुनुहुन्छ जस्तो चेतनको आनीबानी थियो त्यस्तै आनीबानी हुबहु मिल्ने कतै जुम्ल्या त होइनन ? ल आइहाल्नु भो नि अब आज तिमी बसेर आफ्नो सारा कुरा सुनाउनु ल ´´
------ ´´हुन्छ नि दिदी किन नहुनु ? हजुरले मेरोबारेमा कहिल्यै नराम्रो गर्नु हुनेछैन म ढुक्क छु शिलादिदी ´´ 
अनुपमको आगमन चाँदनीले अभिबादन गर्दछिन---- ´´नमस्ते हजुर म चाँदनी हजुरलाई दिदीले चिनाई सक्नु भएको छ बरु हजुरले मलाइ चिन्नुहुन्न कि ?´´
नमस्ते चाँदनी बहिनी आराम छ्यौ के छ तिम्रो खवर ? तिम्रो बारेमा हल्का सुनेको थिएँ शिला जी र तिम्रो बारेमा लेखेको चेतन शर्माको पुस्तक हेरेको थिएँ तिमीले चेतन शर्माको उपचारको कुरा सुनाएकी थियौ कहाँ हुनुहुन्छ के तिमीले हामीलाई भेटाइदिन मद्दत गर्दछ्यौ ?´´
---- ´´हो किन सहयोग नगर्नु नि मेरो लागि अहोभाग्य हो हजुरजस्तो मानिसलाई सहयोग गर्न पाउनु ,बरु धेरै भै सक्यो उहालाई मैले पहिलो पटक अस्पतालमा भेटेकी थिएँ उहाँको नारीका पिडा उपन्यास हेरेकीछु त्यो पुस्तकले नारीको मनलाई छताछुल्ल पारेको छ र नारीलाई चेतना पनि दिएको छ ´´
आज हामीले साहित्य र समाजको बीच नारीको गहन जिम्मेवारी र वास्तविक अभिव्यक्ति बारेमा बहस हुनेछ भोलि या पर्सिमा म आफ्नो गन्तव्यमा लाग्नेछु जब मैले चेतन बाबुलाई भेट्नेछु अनि मेरो जीवनको नया मोड नया सोच नया सहयात्रा सुरुहुनेछ शिलाजीको वास्तविक काहनी हामीले मिलेर लेख्नेछौं अनि चाँदनी शर्माको मार्मिक जीवन प्रसंग सुरु हुनेछ सनसनी पूर्ण कथानक चलचित्र तयार हुनेछ कसैको आँखा ओभानो हुनेछैन अपराधीको आत्माग्लानी हामीले देखाउनेछौ यो सास्वत सत्य कथा हुनेछ कसो शिलाजी ?´´
----´´के भन्नु साहित्यकारज्युलाई जो हरेक कुराको अर्थ राख्नुहुन्छ हामीले आफ्नो पिडा सुनाएको मात्र हो प्राण दिनेकाम गतिशील पार्ने हजुर नै हुनहुन्छ कसो चाँदनी ?´´
---´´हो हाम्रो आजको बिषय प्रसंग मा जाउँ हुन्न?´´
ल सुनाउ चाँदनी तिम्रो जीवन्त पीडादायी बेदनाको त्यो कालो अतित जसले यो कथा सुन्ला उसको जीवनको भावना सुद्द हुनेछ मानिसको जीवनमा नयाँ सद्भावना जाग्नेछ हो चाँदनी तिमीलाई मैले यो डायरीमा राख्नेछु जुन पुस्तक बन्ने छ चलचित्र बन्नेछ मानिसको मनमनमा तिम्रा बेदनाका कुरा गुन्जीरहनेछ हाम्रो कलमको निवलाइ कम्जोर कसैले नठान ´´´
कस्तो भाबुक कुरा गर्नु भएको हजुरले आज कता कता आफ्नो अभिभाबक पाएको महसुस गरेकी छु हुन् त मेरो बारेमा तथानाम कुरा गरेका हुन्छन मेरो मन कति दुखेको छ कसले देखेको छ बन जलेको सबैले देख्छन मन जलेको कसैले देख्दो रहेनछ ...´´´
´´´´हो र चाँदनी ?
´´हो नि हजुर, किन सोध्नु भएको ?´´
´´सोध्नु हुन्न र चाँदनी ?
´´ हुन्छ किन नहुनु नि ´´
´´हुन्छ ल अब सुतौं भोलि बिहान कुरा गरुला नि हुन्न ?
´´हजुर, शिला दिदी हजुर कता हुनुहुन्छ ?
´´शिलाजितको फोन आएको थियो र म व्यस्त भएकी ल सुतौं ......
क्रमश 
इन्द्रेणी शर्मा ´´जलद´´
प्रगतिनगर नवलपुर नवलपरासी नेपाल 
हाल लिस्बोन पोर्तुगल 
०८-१२-२०११ //२३.५५///बिहिबार राति ///

Posted by Unknown on 2:37 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for धाराबाहिक कथा:- 'शिला-७' चाँदनी र शिलाको भेट अनुपमको बिदाइ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011