यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

घायलको तरही मुसायरा-२७


घायलको तरही मुसायरा-२६ पनि सफलतापूर्वक सम्पन्न भएकोछ ! यसको लागि सम्पूर्ण श्रेया तपाईहरु नै जान्छ ! यहाँहरुको सकृय सहभागिताले नै मैले निरन्तर यो अभियानलाई अगाडी बढाउँन सफल भएकोछु ! त्यसैले यहाँहरुलाई म भित्रि हृदय देखि नै हार्फिक आभार व्यक्त गर्दछु ! यो तपाईहरुको निरन्तर साथले तरही मुसायरा मात्र नभएर गज़लको एक ऐतिहासिक पाटोलाइ पनि सबैको सामु स्थापित गर्न सफल भएका छौं ! 'घायलको तरही मुसायरा-२७' यहाँहरुको सामु छ यसरी नै यहाँहरुको निरन्तर साथ रहनेछ भन्ने आशा राखेकोछु !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् 

जीतु खड्का 'गाउँले'को जन्म झापा जिल्ला दमक नगरपालिका १५ मा २०३८ सालमा भएको हो ! २०४२ सालमा स्थाई रुपमा उर्लावारी गाबिसमा बसाइ सरेपछि त्यहि को उर्लावारी बहुमुखी क्याम्पसबाट +२ सम्मको अध्यायन पुरा गर्नु भयो उहाँले ! संकटकालको बेलामा माओबादीको सदस्यता लिए वापात सन् २००२ मा साउदी अरबतिर पलायन हुन बाध्य हुनु भयो र हाल ल्याब प्राविधिकको रुपमा उतै कार्यरत हुनु हुन्छ ! हासो ठट्टा गर्न रुचाउने उहाँले कलेजकादिनमा भित्ते पात्रो सम्पादन मण्डलमा रहेर काम गर्नु भएकोछ र अन्जानैमा साहित्यमा कलम त्यहि बेला देखि चलाउन थाल्नु भएको हो ! आजभोली बिशेषता: गज़ल लेख्न रुचाउनु हुने गाउँले को गज़ल यसभन्दा अगाडी भाग-१६ मा पनि मिसराको रुपमा दिएको थिएँ र यो दोस्रो पटक समावेश गर्दैछु मैले ! आजको 'घायलको तरही मुसायरा-१६ मा यो मिसरा-ए-सानी  'मेची काली फैलिएर फुकेको छ मेरो देश' लाइ 'घायलको तरही मुसायरा-२७' मा तरहको रुपमा दिएको छु ! माथी उल्लेखित मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक, www.literatureofnepali.com वा info@literatureofnepali.com पोस्ट/इमेल गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल पोस्ट गरि सक्नु पर्ने अन्तिम दिन बिहीवार १५ डिसेम्बर,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

गजल: जीतु खड्का 'गाउँले'
मिसरा: मेची काली फैलिएर फुकेको छ मेरो देश
काफिया: फुकेकोछ 
रदिफ: मेरो देश 
लय:  मेची काली फैलिएर फुकेको छ मेरो देश 
लय:- ४+४+४+४=१६ 

घायलको तरही मुसायरा-२७ मा यहाँहरुको सकृय सहभागिताको लागि धेरै धन्यवाद ....!!! यसरी नै यहाँहरुको निरन्तर साथको अपेक्षा गर्दछु ! धन्यवाद !


हिमालको काख भित्र लुकेको छ मेरो देश
मेची काली फैलिएर फुकेको छ मेरो देश

खाटा पनि बस्या छैन घाऊहरु अतितका 
द्वन्द भित्र पिल्सिएर दुखेको छ मेरो देश ||

कती बने योजना त आल्मारी मै थन्किए ती 
पाएका ती मौकाबाट चुकेको छ मेरो देश ||

खडेरीको महामारी कुरा सुन्छु मेलम्चिको 
खेर फाली जलस्रोत सुकेको छ मेरो देश ||

घट्दैन भो गरीबी त नेता मोटा हुँदै जाँदा 
मौलाउदा भस्टचारी झुकेको छ मेरो देश ||
  

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । 
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक, www.literatureofnepali.com संचालन हुँने भएकोले info@literatureofnepali.com इमेल वा पोस्ट गरेको सबै गजललाई मान्यता दिईनेछ ।

फेसबुकमा जानको लागि यो लिंक क्लिक गर्नु होला
http://www.facebook.com/note.php?note_id=303302796359968

Posted by Unknown on 1:03 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

1 comments for घायलको तरही मुसायरा-२७

  1. मोटा'का छन् सबै नेता सुकेको छ मेरो देश
    ती नेताका सामुन्नेमा झुकेको छ मेरो देश

    देशप्रेमी कतै-कतै देशद्रोही यत्रतत्र
    कहीँ कतै बेच्लान् भन्दै लुकेको छ मेरो देश

    सगरमाथा शिर यीनको मनैभरि गौतम बुद्ध
    मेची काली फैलिएर फुकेको छ मेरो देश

    कैले रुन्छिन् मेरी आमा चिन्तित हुँदै सन्तानप्रति
    नबन्ला कि बन्ला भन्दै ढुकेको छ मेरो देश

    धेरै देखे लाज नमानी देशप्रमीको ढ्वाँङ रचेको
    देशद्रोहीलाई गलहत्याउन चुकेको छ मेरो देश ।

    २०६८-०८-२४,बिहान ११:५० बजे
    तदनुसार December 10,2011

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011