गीत:-ओई च्याङ्बा सुन सुन पिरतीले मार्यो
बिना तामाङ'सुनगाभा'
ओई च्याङ्बा सुन सुन पिरतीले मार्यो
रनवन डुलीहिड्ने यो मैच्याङ्ले हार्यो
कति आए कति गए बसन्तका हुल
सकेनन् नि टिप्नलाई यो सुन्दर फूल
हुरि जस्तै तिमी आयौ विरुवा नै सार्यौ
रनवन डुली हिड्ने यो मैच्याङ्ले हार्यो
एक्लो मेरो जिन्दगानी,कर्कलाको पानी
नजिक आई भन्न थाल्यौ,एई मेरी सानी
मोहनीले हो कि क्या हो,आफ्नो बशमा पार्यौ
रनवन डुली हिड्ने यो मैच्याङ्ले हार्यो
ओई च्याङ्बा सुन सुन पिरतीले मार्यो
रनवन डुलीहिड्ने यो मैच्याङ्ले हार्यो
काठमाण्डौं



