यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

भ्यागुताले गाली खुवाएको दिन ( लघु कथा )


लिला रिजाल 

एका  बिहानै उठेर कफि पिउदै फेसबुक  खोले  हेरें एकजना  साथीले भ्यागुताको  बारेमा बनाएको  भिडिओ राखेको रहेछ हेरेँ ।   खुब रमाइलो लाग्यो किन होला आज भ्यागुता  खेलेको पनि एती धेरै रमाइलो लगिरहेको छ । सुन्दर पनि देख्छु । फेरी सानै देखी नराम्रो चिज लाई  जो सुकैले पनि हेर भ्यगुता जस्तो नराम्रो बारम्बार सुन्ने गरेर पो हो कि यो शब्द ले साह्रै नराम्रो घर गरेको ... हुनत यो  सुन्दरतको साईनो पनि मन सङै जोडीएको हुदो रहेछ रिस उठेको बेला नराम्रो देखिएको चिज पनि खुशी हुँदा राम्रो देखिने । जबकी  कुनै दिन छिमेकमा बस्ने  एउटी  फिलिपिनिले हिलामा बसेर कराउने (पाहा )भ्यगुता    टिपेर पकाउदै गरेको देखेर खुब रमाउने मै थिए । त्येति  मात्र हो र् ठीक्क परो तलाई भन्दै रात भर टर्च बालेर  टिप्न पनि सघाएको थिए ।  ....
                             तर आज पटक्कै रिस उठेन अं  हँ  दोहोराएर हेरें खाल्टो भित्रको संसारमा रमाएको येतिखेर रिस भन्दा नि उल्टै   दया  लागेर आयो आफुलाई हेरेँ सायद उ म जस्तै छ दुरुस्तै म नियमित जसो बिहान् बेलुकी मात्र      घरको चौकुनामा रुमाललिरहने उस्तै ....आखिर फरक के रहयो र् उ र् म् बिच अलिकती ठुलो ठाउँं चहिएला मलाई बस येति । हुन  त् उ सँग मेरो दुस्मनी छदैछैन पटक्कै छैन भन्दा नि हुन्छ ।  तर पनि अन्जानमा मलाई उसले धेरै पटक गाली खुवायो कहिले कहीं त् एस्तो लाग्छा अब मैले उ संग मित्रता  गास्न लाई   ग्रह दसा हटाउने  पूजा  पाठ गर्नु पर्छ ।      
                             बर्खा याम थियो असार साउनको बेला हुनु पर्छ सायद् मेरो हजुरबुवा हामीसँग केही समयलाई बस्न भनेर आउनु भएको थियो । बिचरालाई खेती पती गरेकोहेर्न भनेर आउनु भएको उल्टै आँखा पाक्ने रोगले थालिएर ९/१० दिन जती थालिनु भयो । एसरी बस्नु पर्द ज्यादै दिक्क मन्नु भएको थियो   त्यो दिन खेतमा  धान रोप्नलाई  बिउ फिजाएर भोली रोप्नलाई ठीक्क परेको थियो ।   घरमा आमा बुवा असारको धमाधम  उतै ब्यस्त  हुनुहुन्थ्यो मेरो  जिम्मा भने घरमा  खान पकाउने थियो । साझा निकै झमक्क परीसकेको  हुनुपर्छ बहिर आकाश गड्याङ गूडुंग गरे झैँ लाग्दैथ्यो खेतमा भ्यगुता टवार टवार   गरेर कराएको सुन्दै थिए भित्र बाट हजुरबुवाले कराउदै भन्नु भो हैन एतिखेर सम्मा बाख्रा घर भित्र हुल्न पर्दैन ? के गरेर बसेका एतिखेर सम्मा हेर ,,,,म् पनि हजुरबुवाको कुरा सुनेर बाख्रा लिन खेतको पल्ला छेउमा गएँ ।  बाख्रा बाधेको ठाउमा  नदेखे पछी  अघी नै घर लगिसकेको   रहेछ भन्ठानेर  घर फर्किएँ फेरी पनि बोको कराएको  सुनिन्थ्यो हेरें खोरमा बाधी राखेको रहेछ । म् ढुक्क भएर माथि कोठामा गएं फेरी पनि हजुरबुवाले हकार्दै हुनुहुन्थ्यो  मैले भनें " बाधि  सकेको छ तल कराउने बोका हैन भ्यगुता हो "तर मेरो कुरा लाई वहाँंले विश्वाश नै गर्नु भएन  केही गर्दा वहाँले मेरो कुरा नपत्याएर  निकै बेर सम्म गाली गरिरहनु भयो "यिनिहरुले गरिखाने भएनन एउटा सानो काम त् गर्न सक्दैनन ठुलो काम त् के आसा गर्नु  काम नलाग्ने भए यस्तै  यस्तै "  ...कसैको कुरै नसुनी गाली गरिरहनु भयो । वहाँं सँग त् केही भन्न सक्ने त् कुरै थिएन तर त्यो रिस भनें रातभर  भ्यगुतालाई    सरापेर पोखेँ  जती कराउछन उती रिस उठ्थ्यो सक्ने भए मज्जाले मुख थुनिदिएर आउथें त्यो दिन ।   हुन पनि कत्ती दु:ख दिएको  सानामा खुब माछा मार्न भनेर घर छेउको पैनिमा जाने गर्थे  धेरै  दिन देखी साना भुरा माछा थुप्रै भेटियो  भनेर रमाउदै खाएको त् एकदिन  काकाले तिमीहरुले पकाएको म् नि हेर्छु भनेर हेर्दा पो थाहा भो त्यो त् माछा नभएर भ्यगुताको बच्चा(चेपागाडा ) पो रहेछ झन्डै खेदाउनु भएन आमाले तिमीहरु लाई घर भित्र छिर्न दिन्न भने र् कत्रो  जात्रा  यो कुरा    पछी स्कुलमा क्लासमा   कसले सुनाइदियेछा क्या र साथीहरुका अघिल्तिर  कम्ती लाजमर्नु भएन  कक्षा छोड्नु परेको अहिले जस्तो लाग्छ । फेरी आज अर्को पल्ट गाली खुवायो   बल्ल बल्ल बुवाले हजुरबुवालाई सम्झाइ बुझाई गरे पछी मात्र त्यो दिन  शान्त  भएको थियो ।
                                   निकैबेर भ्यागुताको उफ्राइ राम्ररी  हेरें अनि लुला लाम्रा कूद्न नसक्नेलाई सर्पले खाँदै गरेको पनि देखें  अहो कस्तो निर्दयी भएर खान सकेको मर्ने गरी रिस पनि उठेर अयो तर म् के गर्न नै सक्थें कराउन सिवाय साचिकै  नमिठो लाग्यो मन अमिलो भएर आयो एउटा जन्तुको अस्तित्वको लोप हुँदै गरेको म्  मुकदर्सक  भएर हेरिरहेको थिएं । एउटा लाई  बाँच्न अर्कोलाई खानु पर्ने उफ्फ्फ सृस्‍टिको  नियम सँगै झोक चल्न थाल्यो ।    हुनत आजभोली सर्पको जनसंख्या धेरै भएर होला हिजो आज  पहिलो  पहिले जस्तो  बर्खा  याममा भ्यगुतो कराएको  कहाँँ सुन्न पाईन्छ र् सबै लोप हुन लागिसके । हो म् अनि मेरो संसार   लाग्दैछ  ठाक्कै यस्तै हुँदैछ ।   यहाँ  भ्यागुता भन्दा पनि सर्पकै   बिग्बिगी हुन थालेको छ माछा खोज्ने दाउमा कतै कतै  गोहिले खर्लप्पै निलेको पनि देखिन्छ ,कोही  उफ्रिन सक्ने हरु समुन्द्र पारी गएर बेला बेलामा टवार  टवार्  गरी बेढंगले कराउछन  कोही कुवा मै कराइ रहेछन केही चाँहीं खानेकुरा खान पाएर  चुप लागेका छ ,कोही ढुङ्गा मुनी चेप्टिएर बचेँका छन  छन अनि बाचावटको  निम्ती बेलाबेलामा कराउछन सर्पहरु भने तँ छाड् म् छाड् गरिरएका छान छानी  खाइरहेका छन र् यहीं  म् पनि  चुप चाप हेरिरहेको छु   केवल भिडिओ हेरे झै केवल .......
(सबैलाई टाग गर्न खोजेको आफ्नैमा tag नभएर कत्रो जात्रा साथीको बाट ल्याउनु परो ---tag मi नपरे पनि मनमा लागेका कुरा जे भने नि हुन्छ.....निम्तो छ है सबैलाई..)

Posted by Unknown on 2:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भ्यागुताले गाली खुवाएको दिन ( लघु कथा )

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011