यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल:-गरीबीको भुमरीमा चेपिएको मान्छे म त

जीतु खड्का गाँउले 
========================
गरीबीको भुमरीमा चेपिएको मान्छे म त 
छुवाछुद समाजमा हेपिएको मान्छे म त |१| 

छैन मुल्य पसिनाको बेचेकै छु श्रम अझै 
करारमा मुल्य तोकी बेचिएको मान्छे म त |२| 

झुल्किएन घाम अझै काम्दै बसें सिरेटोमा 
बाध्यताको ओस भित्र सेपिएको मान्छे म त |३| 

छैन मेरो पहिचान अस्तित्व छ धरापमा 
सुन माथि फलामले लेपिएको मान्छे म त |४| 

नफुल्ने भो खुशी मेरो कोपिला मै झरी गए 
खुशीका ति मुना हरु टेकिएको मान्छे म त |५| 

मोरङ उर्लाबारी 
हाल साउदी अरब

Posted by Unknown on 1:16 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल:-गरीबीको भुमरीमा चेपिएको मान्छे म त

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011