कविता : 'आमालाई मेरो पुकार'
हमाल express 'युग'
के तिमीलाई दुखेको छैन् ?
पीडाबोध र आत्म ग्लानी छैन् ??
हेर त !
समयलाई आफ्नै पेवा ठानेर,
तिम्रो बिहानीलाई कैद गरी,
उज्यालोलाई बन्धक बनाउदै,
तिम्रो सुन्दर बर्तमानलाई -
लथालिंग कसरी भत्काई रहेकाछन्..
मैले देखिरहेको छु -
उनिहरु मनपरी गर्दैछन..
तिमी माथी नै विष्फोट हुदैछन !
तिमीलाई यसरी चिरा-चिरा पार्दैछन् !
खन्ड्-खन्ड पार्दैछन् !
टुक्र्याउदै अनेक भागबन्डामा -
पालै-पालो तिम्रो अस्तित्व लुट्दैछन !
तर, तिमी-
चुप-चाप केवल;
ज्वालामुखी निलिरहेकी छौ ।
के तिमीलाई दुखेको छैन् ?
पीडाबोध र आत्म ग्लानी छैन् ??
तिम्रो प्यारो अनी ,
कोमल काखलाई -
रणभुमी बनाउँदै,
ताण्डव मच्चाउने
'ऊ' जस्तै विध्वंसक र
विवश हेरिरहने-
'म' जस्तै लाचारहरु मात्र
कति जन्माउछ्यौ ??
ए आमा !
तिम्रो कोख बाट,
अब त कोहि -
युग पुरुष जन्माऊ न !!!
हमाल express 'युग'
१२ डिसेम्बर २०११



