"कसैको सामु कहिल्यै"
कसैको सामु कहिल्यै आँफु हारेर बस्दिन ।
सहन्छु चोट मोतिका दाना झारेर बस्दिन ।।
हिम्मत कस्छु संघर्स गर्छु गरेरै खान्छु म ।
चाहना इच्छा आकंक्षा कैले मारेर बस्दिन ।।
जिन्दगी मेरो गाउमै बित्छ दियालो बालेर ।
उज्यालो देखी शहरमा बास सारेर बस्दिन ।।
मलिलो माटो उब्जनी धेरै हुन्छनी बारीमा ।
अल्छि भै मत मकैको खोया दारेर बस्दिन ।।
बोलिको टुंगो सबैको प्यारो हुनेछु जहिल्यै ।
दिएको भाका बेजमान बनी टारेर बस्दिन ।।
कसैको सामु कहिल्यै आँफु हारेर बस्दिन ।
सहन्छु चोट मोतिका दाना झारेर बस्दिन ।।
झुत्रेजेठा
हाल- यु ए ई